नेपालगञ्ज – पब्लिक स्पिच बाँके सिजन ४ को उपाधी लक्ष्मी माबि कोहलपुरकी आशिका केसीले हासिल गरेकी छिन् । बास नेपालको आयोजनामा आयोजित सिजन ४ को फाईनल राउण्डमा छनौट भएका १० जना प्रतियोगिहरु मध्ये आशिका प्रथम हुन सफल भएकी छिन् । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै आशिकाले नगद रु. २५ हजार नगद, ट्रफि र प्रमाण पत्र हासिल गरेकी छिन् । यसैगरी प्रतियोगिताको द्धितिय र तृतीय स्थान क्रमशः कृष्ण माबि कोहलपुरकी शृष्टी बुढामगर र ज्ञानोद्धय नमुना माबि खजुकाकी मनिषा उपाध्यायले हासिल गरेकी छिन् । द्धितिय र तृतीय हुन सफल प्रतियोगिले क्रमशः १५ हजार नगद, ट्रफि र प्रमाण पत्र र १० हजार नगद, ट्रफि र प्रमाण पत्र हासिल गरेका छन् । यसैगरी प्रतियोगिताका १० जना प्रतियोगिहरु मध्ये भोटिंगको आधारमा ज्ञानोद्धय नमुना माबि खजुकाकी मनिषा उपाध्यायले पब्लीक च्वाइस अवार्ड हासिल गरेकी छिन् । मनिषाले पब्लिक च्वाइस अवार्ड वापत नगद २५ हजार ट्रफि र प्रमाण पत्र हासिल गरेकी छिन् ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त कृष्ण हरी बास्कोटा, कार्यक्रमका बिशिष्ट अतिथि केएल दुगड ग्रुप नेपालगन्ज प्रमुख प्रदिप छाछेड, निर्णायक बास नेपालका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना, सामाजसेवी शसि सिंह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा लगायत पदाधिकारीहरुले वितरण गरेका थिए । बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले पब्लीक स्पिचको आयोजना गरिदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सुचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त कृष्ण हरी बास्कोटाले गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा स्वागत तथा कार्यक्रममको उद्धेश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेकाथिए । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा पब्लिक च्पाइस अवार्डको घोषणा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

