(Saturday 25th of July 2026)
`

श्रेष्ठलाई महिला सशक्तिकरण सम्मान

  • सगरमाथा गन्तब्य
  • 3.5K
    SHARES

    नेपालगन्ज – बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा रुक्मिणी महिला सशक्तीकरण सम्मान–२०८२ प्रदान गरिएको छ । महिला जागृती शेल नेपालगन्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठलाई महिला सशक्तीकरण सम्मान -२०८२ प्रदान गरिएको छ । बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको स्मृतिमा स्थापित अक्षय कोषबाट शाहको जन्म दिनमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।

    नगद ११ हजार १ सय ११ सहित श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो । सामाजिक सेवाको भावनाबाट ओतप्रोत भई बिगत तीन दशक देखि महिला सशक्तीकरण, महिला हिंसा न्यूनीकरणका लागि निर्वाह गर्नुभएको ऐतिहासिक र अविष्मरणिय नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी श्रेष्ठलाई सो सो सम्मान प्रदान गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, दिदिवहिनी समाजका अध्यक्ष तथा रुक्मिणी शाहकि मुवा रमा देबि शाह, नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, गैसस महासँघ नेपालका पूर्व अध्यक्ष तेज बिक्रम शाह, बास नेपालका कार्यकारी निर्देशक तथा रुक्मिणी शाहका दाजु नमस्कार शाह र जय नारायण शाहले संयुक्त रुपमा नगद चेक र सम्मान पत्र हस्तान्तरण गरेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

    कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा रुक्मिणी शाहका दाजु नमस्कार शाहले रुक्मिणी महिला सशक्तिकरण सम्मान २०८२ को घोषणा गरेका थिए । कार्यक्रममा सहयोग ग्रहण गरिसके पश्चात बोल्दै महिला जागृती सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठले सम्मानले निश्वार्थ समाजसेवामा लाग्न थप उत्प्रेरणा प्राप्त भएको बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले बास नेपालले अक्षयकोष मार्फत गरेको सम्मान सबैकालागि अनुकरणीय भएको बताइन् । नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईले हिंसा गर्ने जो कोहीलाई पनि निरुत्साहित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने जनाए । गैसस महासँघ नेपाल बाँकेका पूर्व अध्यक्ष तेज बिक्रम शाहले समाजमा ब्याप्त हिंसा न्यूनीकरण गर्न काम गरिरहेका ब्यक्तिलाई कार्यक्रमले उत्साहित बनाएको बताए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिती रहेको थियो । बासले रुक्मिणी स्मृती अक्षयकोष मार्फत जन्मदिनमा महिला सशक्तिकरण सम्मान र पुण्यतीथिमा विभिन्न व्यक्तिहरुलाई सहयोग गरिदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology