(Saturday 25th of July 2026)
`

चितवन सेवा समाजद्वारा बनभोज कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.4K
    SHARES

    बाँके – चितवन सेवा समाजको आयोजनामा बनभोज कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम राप्ती सोनारी गाउँपालिका–५ स्थित बिनौना पार्कमा बिबिध कार्यक्रम गरि सम्पन्न भएको हो । शनिवार आयोजना गरिएको बनभोजको औपचारीक कार्यक्रम समाजका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
    कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा संस्थापक कपिल अधिकारीे प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि अधिकारीद्धारा मन्तब्यका क्रममा चितवन जिल्लाबाट बाँके जिल्लामा आई पेशा तथा व्यवसायमा संलग्न हुँदै आएका व्यक्तिहरूलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उद्देश्यले चितवन सेवा समाजको स्थापना गरिएको र समाजले विभिन्न रचनात्मक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै समाजलाई हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार व्यक्त गरिएको थियो ।
    कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई विशेष अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा अध्यक्ष भट्टराईले जिल्लाभर छरिएर रहेका चितवनबाट बाँके जिल्लालाई कर्मथलो बनाएका साथी तथा अग्रजहरूसँग भेटघाट गर्ने अवसर जुराएकोमा आयोजक प्रति आभार व्यक्त गरेका थिए । अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरु लाई आभार ब्यक्त गर्नुका साथै कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


    समाजका माहासचिव भरत महतोले संचालन गरेको कार्यक्रममा समाजका पूर्व अध्यक्ष कपिल अधिकारीलाई संस्थामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममका संयोजक तथा नेपालगञ्ज उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य टिकामणि उपाध्याय, नेपालगञ्ज उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य, समाजका कार्यसमितिका सदस्यहरु नारायण भण्डारी,जगन्नाथ कणेल ,यदु न्यौपाने , युवराज ढकाल लगायतका ५० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    यसैगरि आन्तरिक पर्यटकहरुको गन्तब्य बनिरहेको साबिक बिनौना गाबिस र कचापुरलाई जोडने राप्ती नदिमा अवस्थित करिब ८ सय मिटर लामोे पुलको अवलोकन गरिनुका साथै पुलको नजिकै रहेको पर्यटकीय दृष्टिले नयाँ गन्तब्य बनेको मनोरम पार्कमा उपलब्ध थारु महिलाहरुको परम्परागत पहिरनमा फोटो खिच्ने ,पिङ खेल्नुका साथै नचगान तथा घैंटाफोर कार्यक्रम समेत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology