(Wednesday 28th of October 2026)
`

पत्रकार आलम खान सम्मानित

  • सगरमाथा गन्तब्य
  • 4.9K
    SHARES

    बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’ को अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ ।
    सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानलाई सम्मान प्रदान गरिएको हो ।
    कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कुवरले शिक्षा मानव उत्कृष्टताको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामार्फत अनुशासित र सक्षम नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा बोल्दै स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताउनुभयो ।
    विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले शैक्षिक गुणस्तर, अनुशासन र सह–पाठ्यक्रम गतिविधिमा एपीएफ स्कुलको पहिचान स्थापित हुँदै गएको बताउनुभयो ।
    त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल कक्षा १० सम्म पठनपाठन भइरहेको र विद्यालयमा ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।
    कार्यक्रममा अभिभावक माया बुढाथोकी, बलबहादुर विष्ट लगायतलाई उत्कृष्ट अभिभावकको सम्मान गरिएको थियो ।
    कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, मानबहादुर शाही, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology