नेपालगन्जमा आयोजित एक विशेष समाराहका बिच पत्रकार थारु र जिएमलाई हरि जमुना पत्रकारीता पुरस्कार प्रदान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीले बताए । पुरस्कृत पत्रकारद्वयलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, वरिष्ठ पत्रकार पुर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका विर्तमान अध्यक्ष नमस्कार शाह लगायतले ५ हजार १ सय ५१ नगद सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलिय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै गएको बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको बताउदै लोकतन्त्रलाइ बलियो बनाउन दलिय पत्रकारिताको अन्त्य हुनुपर्ने कुरामा जोड दिए । त्यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निश्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । स्वतन्त्र पत्रकारिता गर्न नसक्ने ब्यक्ति पत्रकार हुन नसक्ने बताउदै उनले भने “आस्था र विचार भन्दा माथि उठेर पत्रकारिता गर्नु पत्रकारको धर्म हो ।” सम्मान पश्चात बोल्दै सम्मानित पत्रकारद्धयले सम्मान पत्रकारिता क्षेत्रमा गरेको निरन्तरताको फल भएको बताउदै नियमित रुपमा स्वतन्त्र कलम चलाउने नछोड्ने बताएका थिए ।

