(Saturday 25th of July 2026)
`

‘जारको झोल’ गुञ्जिँदा चर्कियो नेपालगन्ज महोत्सवको रौनक

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक चक्र बमको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा बमले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।
    विशेषगरी ‘जाडको झोल’ गीत प्रस्तुत भएपछि दर्शकहरू उत्साहित बनेका थिए । गीतको तालमा युवा दर्शकहरू नाच्दै गुनगुनाएका थिए भने कार्यक्रमस्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । महोत्सवमा चर्चित गायक बमले गाउनुभएको ओए काजल आँखी लगाइदेउ गाजल, हातकी बाली, ओ मेरी भाउजु बहिनी मिलाइदेउ पिरती लाउँछु, चेलो पश्चिमे हो, दारु सडकाउने ,पहाडी गित छम्म छम्म, पश्चिमेली चेलो छैन है कमको, बम्बई गैजाने, लाल कुर्ति वाली लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । बमका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।
    महोत्सवमा मोडल टीका जैसी र डान्सर भावना चौधरीले नृत्य प्रस्तुत गर्नु भएको थियो भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।


    पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
    महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ । जसमा १० जनाको प्रतिस्प्रर्धा भैरहेको छ ।
    यस्तै आज १० गते शनिवार नेपालगञ्ज महोत्सवमा चर्चित तथा लोकप्रिय नायक पल शाह, गायिका दिलमाया विश्वकर्मा, गायक सुमन बि.टी., गायक चन्द्र घायल, गायिका भूमिका मगर र डान्सर भावना चौधरी लगायको बेजोड प्रस्तुती रहने छ । यसैबीच, दर्शक तथा व्यवसायीहरूको उच्च चापलाई मध्यनजर गर्दै महोत्सवको अवधि माघ १७ गतेसम्म थप गरिएको महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology