(Saturday 25th of July 2026)
`

आठौ उप–मेयर कप : कोहलपुरमा अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगिता सुरू

  • सगरमाथा गन्तब्य
  • 3.8K
    SHARES

    बाँके : कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा आठौ उप–मेयर कप अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगिता–२०८२ सुरू भएको छ । ’स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद्झ भन्ने मुल नारासहित आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको कोहलपुर नगरपालिकाकी उपप्रमुख संघीता सुवेदीले दीप प्रज्ज्वल गरेर उद्घाटन गरिन् । प्रतियोगिता उद्घाटन सत्रमा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुरमा छात्रा क्रिकेट विकासरी खेलाडी उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताइन् । उनका अनुसार प्रतियोगिताले छात्रा क्रिकेटर जन्माउन भूमिका खेलेको छ । ’कोहलपुर महिला क्रिकेटको उदगम् थलो हो । खेलकुदको उर्वरभूमिसमेत हो । स्थानीय सरकारले पनि खेलकुद विकासलाई प्राथमिकता दिएको छ ।झउप–मेयर कप अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने उनको भनाई थियो । यस्तै सहभागी छात्राहरूलाई अनुशासित रूपमा खेल प्रदर्शन गर्न उपप्रमुख सुवेदीले आग्रह गरिन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकाले कोहलपरलाई खेलकुदको हब बनाउन नीति लिएको बताए । सोही अनुसार नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा लगानी गरिरहेको उनको भनाइ छ ।
    नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले छात्रा क्रिकेट प्रतियोगिता नयाँ खेलाडी उत्पादन गनर्ने उद्देश्यसहित सुरू भएको बताए । उनका अनुसार समितिले कोहलपुरमा फुटबल,क्रिकेट लगायतका खेलहरू विकासका लागि काम गरिरहेको छ । प्रतियोगितामा कोहलपुर क्षेत्रका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागीता रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology