शिवेन्द्र भण्डारी, पुष –४, नेपालगन्ज – नेकपा एमालेको हालै सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा बाँकेका महिलाहरुले बाजी मारेका छन । पार्टीको भृकुटी मण्डप, काठमाण्डौमा पुष ३ गते सम्पन्न मतदानबाट बाँके जिल्लाबाट ४ जना महिला निर्वाचित भएका हुन । निर्वाचित हुनेहरुमा शान्ती ढकाल, बसन्ती अधिकारी, आरती पौडेल र बिजया धिताल रहेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज शान्ती ढकाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य आरती पौडेल, केन्द्रीय कमिटी सदस्यमा र केन्द्रीय लेखा आयोग सदस्य बिजया धिताल पुःन लेखा आयोग सदस्यमा निर्बाचित भएका हुन् ।
लामो समय राजनीतीमा लागेर समाज रुपान्तरणको दिशामा अगाडी बढेका बाँके जिल्लाका यि होनहार महिलाहरु माथि सदीयौं देखी पिल्सीदैं हेपिदै र शोषित हक कुर्दै आएका महिलाहरुले ठूलो आशा र भरोसा राखेका छन् । हाल कम्युनिष्टहरुलाई बर्गिय पक्षधरतालाई हराएको आरोप लागेको बर्तमान परिपेक्षमा बाँके जिल्लाको हकमा भने महिला अधिकारका लागी चुलो चौकामा मात्र सिमीत रहेका नारी त्यसबाट बाहिर निस्कीएर आफ्नो जिवननै समर्पण गरेर राजनीतीमा होमीएका नारीहरुवाट जिल्लाबासीको भरोसा जागेको र यसलाई कायम गर्न सके समाज रुपान्तरणको दिशामा अगाडी बढने आम जनमानसको ठम्माई रहेको छ । यससंगै नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल र मोहम्मद हारुन हल्वाइले पनि सोही अधिवेसनबाट केन्द्रिय सदस्यमा बिजय भएका छन् । चार जना महिला र २ जना पुरुष गरि आधा दर्जन केन्द्रीय सदस्य पाएको बाँके जिल्लाले रुपान्तरण सहितको एमाले र बदलिएको राष्ट्रिय राजनितिको परिवेशमा भर्खर जेन–जेड आन्दोलनले खोजेको जस्तो परिवर्तनको आभाश कसरी गराउन सक्छ आम जन चासोको बिषय बनेको छ ।
