(Wednesday 28th of October 2026)
`

सामुदायीक वन उपभोक्ता समूहद्धारा अशक्त अपाङ्गलाई कम्मल बितरण

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगञ्ज, समुदायिक वन उपभोक्ता समूहद्धारा अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको छ । सिता सामुदायिक बन उपभोक्ता समुह तथा समाज एकता सामुदायिक बन उपभोक्ता समुहद्धारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा १८ जनालाई कम्मल बितरण गरेको हो । डुडुवा गाउँपालिका वडा नम्वर ५ को सिता सामुदायिक वन उपभोक्ता सामुहको कार्यालय भवनमा आयोजना गएिको कार्यक्रममा डुडुवा गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष झङ्क बहादुर थापा प्रमुख अतिथि रहेका थिए ।
    प्रमुख अतिथि थापाद्धारा सामुदायीक बनले कम्मल बितरण गरेर थोरै भएपनि अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुको घाउमा मलम लगाउने काम भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरेका थिए । सिता सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष टिकाराम थापाको अध्यक्षता भएको कार्यक्रममा सोही समूहको २०८२ साल मंसीर ६ गतेको बैठकको निर्णय बमोजिम अशक्त तथा अपाङ्गता भएका उपभोक्ताहरुको सूची तयार गरि जाडोमा कम्मल बितरण गरिएको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।
    कार्यक्रमा मृगौला पिडीत तथा दृष्टी अल्पता भएका कमल नेपालीले जाडोमा कम्मल बितरण गरेर आयोजकले पुण्यको काम गरेकोमा धन्यवाद दिएका थिए ।


    यससंगै समाज एकता सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जेत बहादुर बोहरा र वडाध्यक्षद्धारा अति अशक्त ब्यक्तिहरुलाई घरमै गएर कम्मल बितरण गर्नुका साथै सम्मान समेत गरेका थिए । कार्यक्रममा सिता सामुदायिक बन उपभोक्ता समुहका सचिव बिनिता सुनार, कोषाध्यक्ष तुलसीराम पुन, सह सचिव संगीता परियार लगाएतका कार्यसमितिका सदस्यहरु र समाज एकता सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सिता सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष धनवीर बोहोराद्धारा स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन समाज एकता सामुदायिक बन उपभोक्ता समूहका सचिव रतन चलाउनेले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology