(Wednesday 28th of October 2026)
`

मंसिर २७ र २८ गते नेपालगन्जमा हाप्किडो प्रतियोेगिता हुने

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा दोस्रो मेयर कप हाप्किडो प्रतियोगिता–२०८२ को तयारी गरिएको छ । नेपाल हाप्किडो संघको आयोजनामा यही मंसिर २७ र २८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित स्वास्थ्य चौकी मैदानमा प्रतियोेगिता हुन लागेको हो ।
    बाँके र दाङका बिद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको नेपालगन्जमा आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । पत्रकार भेटघाटमा प्रतियोगिता संयोजक गंगा कुमारी पुनले प्रतियोगिताबाट बिद्यालय स्तरमा खेलकुदको नयाँ उत्साह, उर्जा र राष्ट्रिय एकताको भावना फैलाउँदै नेपालको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको बताइन् ।
    नेपालमा हाप्किडो खेललाई बिद्यालय स्तरबाटै संस्थागत गर्दै जिल्लाका साथै राष्ट्रिय स्तरमा सशक्त बनाउन र खेलकुदको सँस्कृतिलाई सुदृढ बनाउनु प्रतियोगिताको उद्देश्य रहेको उनको भनाई छ । प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने १५ भन्दा बढी बिद्यालयका टिमहरु सहभागी हुने आयोजकको अपेक्षा छ । जसमा करिव २ सय भन्दा बढी बिद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रा दुबै वर्गका खेलाडीहरु सहभागी हुनेछन् ।
    जसमा तौल समूह र आयु वर्ग अनुसार ब्यक्तिगत तथा समुहगत प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत फाइटिङ, सेल्फ डिफेन्स डेमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकल फर्म लगायतका विधाहरु समावेश गरिएका छन् । प्रतियोगिताका माध्यमबाट बिद्यार्थीहरुले आत्मरक्षा, शारीरिक क्षमता र मानसिक सदृढता र आत्मविश्वास अभिवृद्धि गर्न सक्षम हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी, प्रशिक्षक तथा टिमहरुलाई पदक, प्रमाणपत्र र विशेष सम्मानका साथ पुरस्कृत गरिने संयोजक पुनले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology