(Wednesday 28th of October 2026)
`

हाम्रो संकल्पलाई जनताले बुझिसके : बरिष्ठ नेता रावल

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज : नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भिम रावलले देशको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर अघि बढ्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । आइतवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले राष्ट्रको हितका लागि जनताले दिएको साथ–समर्थनले आफूहरू उत्साहित भएको उल्लेख गर्नुभयो । डा. रावलले जनताले आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा बामपन्थी शक्तिलाई विश्वास गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो संकल्पलाई जनताले बुझेका छन्, निरन्तर साथ र सहयोग गरिरहनुभएको छ, यो गर्वको विषय हो ।”
    नेकपा एमालेप्रति जनताको विश्वास कमजोर बन्दै गएको उहाँको भनाइ थियो । बामपन्थी एकता नै राष्ट्रको रक्षा र प्रगतिशील परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै रावलले सिद्धान्तविपरीत गठबन्धन र भागबण्डाको राजनीति त्याग्न सबै दललाई आग्रह गर्नुभयो । विशेषगरी कांग्रेससँग हुने भागबण्डा र पद–प्रतिष्ठामा केन्द्रित राजनीति देशको हितका लागि हानिकारक भएको टिप्पणी गर्नुभयो ।
    पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र निर्देशनले एमाले झन झन कमजोर हुदै गएको बताउनुभयो । उहाँले केपीले जे बोल्यो त्यही गर्ने बानीले उहाँ प्रतिको विश्वास गुम्दै गएको बताउनुभयो । उहाँले “झोले भन्यो भनेर झोले बन्नुपर्ने अवस्था आउन नदिन” नेता तथा कार्यकर्ताहरूलाई सचेत गराउन आग्रह गर्नुभयो । विपरित सिद्धान्त भएका दलसँग गठबन्धन गर्नुको अर्थ जनताको आकांक्षा विपरीत जानु मात्रै हुने उहाँको तर्क थियो ।
    देशमा आन्दोलनका नाममा भएको लुटपाट गरिएको हातहतियार, अझै बाहिर भएको हुनाले देशको हितमा अहित हुने देखिन्छ उहाँले भन्नुभयो । लुटिएका हातहतियार अझै फिर्ता नहुदा सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको बताउँदै रावलले आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै शान्ति, सुशासन र जनविश्वास पुनःस्थापित गर्न बामएकता आवश्यक रहेको जोड दिनुभयो ।
    उक्त कार्यक्रम समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा बाँके द्वारा आयोजित थियो, जसमा राजनीतिक समसामयिक विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology