(Wednesday 28th of October 2026)
`

जानकी–६ मा सुरुवाती कार्यशाला सम्पन्न : शिक्षा, स्वास्थ्य र सरसफाइ सुधारमा केन्द्रित कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : जानकी गाउँपालिका वडा नं. ६ को वडा कार्यालयमा सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेद्वारा सञ्चालित तथा वल्र्ड भिजन नेपालको सहयोगमा ‘हातेमालो परियोजना’ अन्तर्गत सुरुवाती कार्यशाला गोष्ठी शुक्रवार सम्पन्न भएको छ । कार्यशालामा स्थानीय बाल क्लबका पदाधिकारी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रमले परियोजनाको अनुगमन, मूल्यांकन, गुणस्तर सुधार र जवाफदेहितासम्बन्धी प्रक्रिया तथा रणनीतिहरू प्रस्तुत गरेको थियो । एसडीएफका एनसिजी विवेक मलासीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा सामुदायिक विकासमा यसको भूमिकाबारे विस्तृत जानकारी दिनुभयो । उहाँले परियोजनाले ग्रामीण समुदायमा वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन, आर्थिक सशक्तिकरण तथा शैक्षिक सुधारमा योगदान दिने बताउनुभयो । ‘हातेमालो परियोजना’ अन्तर्गत आयोजित कार्यशाला कार्यक्रम वडा नं. ६ का वडाध्यक्ष जगदिश प्रसाद हरिजनको अध्यक्षतामा सम्पन्न भएको सुरुवाती कार्याशाला गोष्ठीको प्रमुख अतिथि जानकी गाउँपालिकाको अध्यक्ष छब्बन खाँले गर्नुभएको थियो । कार्यक्रममार्फत पाँच वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरिएको थियो, जसको मुख्य लक्ष्य बालबालिकाको पोषण, अभिभावकहरूको पालन–पोषणसम्बन्धी क्षमता विकास, बालविकास अनुगमन, खानेपानी तथा सरसफाइमा सुधार ल्याउने रहेको स्पष्ट गरिएको छ ।
    परियोजनाका प्रोटेक्सन अफिसर जनक चौधरीले कार्यशालाले सामुदायिक सहभागिता र सहकार्यका माध्यमबाट वातावरणमैत्री, शिक्षित र आत्मनिर्भर समाज निर्माण गर्ने साझा लक्ष्य प्रस्तुत गरेको बताउनुभयो ।
    पाँच वर्षे योजनाले पालिकामा १२५० भन्दा बढी बालबालिकालाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रमा बाल–स्पोन्सर कार्यक्रमका गतिविधिहरूसमेत प्रस्तुत गरिएको थियो ।


    सहभागीहरूले सार्वजनिक गरिएको रणनीतिक योजनाबाट जानकी गाउँपालिका क्षेत्रका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । सामाजिक विकास मञ्च एसडीएफले विगतदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार संरक्षण तथा ग्रामीण सशक्तिकरणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ ।
    वल्र्ड भिजन नेपालको सहयोगमा संचालित हातेमालो परियोजना आगामी पाँच वर्षसम्म समुदायका बालबालिकादेखि अभिभावकसम्मको जीवनस्तर सुधार्न लक्षित गरी अघि बढ्ने जनाइएको छ । कार्यक्रममा एसडिएफका सिएम पार्वती विसी, स्वास्थ्य चौकी इन्चार्ज गनापुरका गोविन्द बहादुर पोखरेल, नेरामाविका प्रअ अयोध्या प्रसाद यादव, प्रहरी चौकी गनापुरका इन्चार्ज दिनेश कुमार चदारा लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology