नेपालगञ्ज । आरकेसी डिजिटलको प्रस्तुतिमा निर्मित नयाँ म्युजिक भिडियो “तु म्वार छैली हो” आगामी असोज ६ गते, दशैँको घटस्थापनाको दिन सार्वजनिक हुने भएको छ ।
नवराज सुवेदीको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा प्रियंश चौधरी र सगुन शाहीको आकर्षक अभिनय समेटिएको छ । गाउँघरको मौलिक परिवेशलाई आधार बनाएर तयार गरिएको यस भिडियोमा प्रेम, रोमान्स र रमाइलो कथावस्तु प्रस्तुत गरिएको छ ।
बाँकेको रमणिय स्थल राप्तीसोनारी गाउँपालिकाको विभिन्न स्थानमा छायाङकन गरिएको म्युजिक भिडियोले बजारमा तहल्का बच्चाउने विश्वास गरिएको छ ।
गीतमा चर्चित गायक करन चौधरी र चर्चित गायिका सिमरण परियारको स्वर रहेको छ भने शब्द करन चौधरीले लेखेका हुन् । संगीत एरेन्ज गणेश चौधरीले गरेका छन् ।
म्युजिक भिडियोको छायांकन तथा सम्पादन रामु चौधरी र उहाँको टिमले गरेका छन् । सह–निर्देशन अर्मान सेखले गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । दशैंको शुभ अवसरमा सार्वजनिक हुन लागेको यस म्युजिक भिडियोले दर्शक तथा श्रोतामाझ नयाँपन र रमाइलो अनुभव दिने विश्वास लिइएको छ ।
