(Friday 11th of September 2026)
`

रक्तदानको ६६ औं श्रृङ्खलामा १५ महिला सहित ७५ जनाले गरे रक्तदान

  • सगरमाथा गन्तब्य
  • 11.1K
    SHARES

    नेपालगन्ज –  गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, माई फिटनेश जीम क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६६ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा १५ जना महिला सहित ७५ जनाले रक्तदान गरेका हुन् ।
    उक्त रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण र हेल्थ याद आयो मोवाइल एप कम्पनीका कार्यकारी प्रमुख प्रज्वल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
    “रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६६ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाजबाँकेका उपाध्यक्ष मान बहादुर केसी निसान, समाज राप्ती सोनारीकी अध्यक्ष दिव्या गुरुङ, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, समाजका उपाध्यक्ष अमृता केसी, निरज मान श्रेष्ठ, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, गौतम प्रसाद पौडेल हुनुहुन्छ ।
    उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।


    यसैगरि रक्तदान गर्नेहरुमा गोपाल–नीना फाउण्डेशनका कार्यालय प्रमुख दिलिप गिरी, रिसर्च अफिसर अनूप आर्या, डा. प्रभात बस्नेत, डा. सचिन शाह, ल्याव असिष्टेन्ट युवराज सिंह, नेपाल औषधी बिक्रेता संघ बाँकेका अध्यक्ष डि.आर. पाण्डे, नियमित रक्तदाता रक्तदाता महेश श्रेष्ठ, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मी टिकाराम खनाल, निखिल जायसवाल, रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, लोकनाथ शर्मा, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गर्नु भएको थियो ।
    यसैगरि अन्य रक्तदाताहरुमा माई फिटनेश जीम क्लबका प्रशिक्षार्थीहरु डा. सविन अधिकारी, डा. लोकेन्द्र कँुवर, तपेन्द्र परियार, रवि धमला, साबि गुरुङ, लक्ष्मी गुरुङ, आशा गुरुङ, सुष्मिता गुरुङ, बिभा जिसी, रोहित खड्का, एम.डि. अधिकारी, पवित्रा बुढा, हिमा विसी लगायत १६ जना सहभागी थिए ।
    अन्य रक्तदाताहरुमा अपीराथ थारु, अनिल खनाल, आराम्भ वैश्य, करन गुप्ता, एकेन्द्र कुँवर, कमलेश कुमार कर्ण, हेमराज उपाध्याय, प्रकाश कलौनी, वीरेन्द्र पुन, तपेन्द्र परियार, धर्मेन्द्र सिंह, विनोद कुमार तमोली, राज कुँवर, दिनेश कुमार तमोली, जितेन्द्र मिश्र, विष्णु घिमिरे, भगवती घिमिरे, राम बहादुर चौधरी, पवित्रा बुढा, शान्ति थापा, मुकेश श्रेष्ठ, अर्बिन कुमार पाल, विपिन घिमिरे, सुरेश बहादुर खत्री, विशाल जिसी, विष्णु चौधरी, अनुराग पाण्डे, लिलाधर खड्का, रविन थापा, अनुप चौधरी, विकास सारुमगर, गौरव शाक्य, प्रकाश शाही, विजय बुढामगर, उद्योगपति अमित अग्रवाल, विनय कुमार साह, नगेन्द्र विक्रम शाह, हेमन्त थापा, महेशराना क्षेत्री (नेरेसो प्राविधिक), दिर्घराज खनाल, विष्णु अधिकारी, वर्षा अधिकारी, सूर्य राना, नृपमा गिरी, एकता युवा क्लब नेपालगन्ज–२२ पुरैनीका अध्यक्ष राजेश कुमार यादव, लक्ष्मी गुरुङ्ग, प्रशान्त केसी, मोहम्मद अब्दुल, हेमु बिक लगायतले रक्तदान गरेका थिए ।
    सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनकी सह–निर्देशक डा. तृप्ती पाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, हेल्थ याद आयो मोवाइल एप कम्पनीका कार्यकारी प्रमुख प्रज्वल चुके, फाउण्डेशनका कार्यालय प्रमुख दिलिप गिरी, वरिष्ठ पत्रकार शंकर प्रसाद खनालले टिशर्त हस्तान्तरण गर्नु भएको थियो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश राना क्षेत्री, हिरा विक, पवित्रा जैसी, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, आजीवन सदस्य कृष्णा खत्री, ज्योति बुढा लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमलाई सफल पार्न स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार शतक रक्तदाता पवन जायसवाल, गोपाल–नीना फाउण्डेशनका रिसर्च अफिसरद्वय प्रतिभा पौडेल र अनूप आर्या, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालका कर्मचारीहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर लगायतले सक्रिय सहयोग गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology