(Saturday 25th of July 2026)
`

खानेपानी तथा सरसफाई महासंघले स्थापना दिवस सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    नेपालगञ्ज, – खानेपानी तथा सरसफाई महासंघले स्थापना दिवस भव्य रुपमा मनाएको छ । महासंघले २३ औं स्थापना दिवस बृक्षारोपण तथा बिबिध कार्यक्रम गरेर बुधवार मनाएको थियो । उक्त कार्यक्रम नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० कारकादौं स्थित खानेपानी तथा सरसफाई कार्यालय परिसरमा, खानेपानी तथा सरसफाई उपभोक्ता समिति नेपालगञ्ज वडा नम्वर १९ र २० को आयोजनामा भएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको समन्वय र सहकार्यमा आयोजना गरिएको कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालय बाँके जिल्ला कार्यालयका कार्यालय प्रमुख विधान अर्याल प्रमुख अतिथि रहनु भएको थियो ।
    आयोजक उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बृक्षारोपण साथै उपभोक्ता समितिलाई कसरी ब्यवस्थित र आम उपभोक्ताहरुलाईे गुणस्तरीय खानेपानी कसरी उपलब्ध गराउन सकीन्छ भन्ने बिषयमा छलफल भएको थियो । प्रमुख अतिथि अर्यालका अनुसार जिल्ला कार्यालय महासंघ प्रति संधै सकारात्मक रहेको, केन्द्र सरकारले खानेपानी तथा सरसफाई ऐन समेत ल्याएकोले महासंघले आफ्ना समस्या तथा आवश्यकता माग लिएर कार्यालयमा आउँने प्रक्रिया पहिलाको भन्दा फरक रहेको बताउनुका साथै दुबैको एउटै उद्धेश्य उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु र टोल–बस्तीलाई सफा राख्नु रहेकोले सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।


    महासंघका केन्द्रीय सदस्य शेर बहादुर घर्तीले महासघले गत असार ३० गते खानेपानीमा लाग्ने करको छुटको लागी केन्द्र र जिल्लामा माग पत्र बुझाएको बताउंदै बाँके जिल्लामा करिव ८५ वटा उपभोक्ता समिति रहेकोमा २५ देखी ३० वटा मात्र संचालमा रहनु, आर्थीक अभावका कारणले यस्तो अवस्था सृजना भएको बताउनुभयो । लुम्विनी प्रदेश महासंघ कोषाध्यक्ष उषा भण्डारीले आवश्यकता र उपयोगीता महसुश नगरी आयोजना संचालन गर्दा अलपत्र र जिर्ण अवस्थामा रहेको बताउँदै त्यस तर्फ ध्यान दिन सरोकार वाला पक्षलाई आग्रह गरेकी थिईन । महासंघका जिल्ला अध्यक्ष भद्र बहादुर शाहीले महासंघलाई केन्द्र देखि पालिका स्तरसम्म बिस्तार गरिएको उल्लेख गर्दै नेपाल भरिका उपभोक्ता समितिहरुमा कार्यमूल्याङ्कनको आधारमा बाँके जिल्ला प्रथम स्थानमा रहेको बताउनुभयो । उहाँका अनुसार सुचारु रहेका आयोजनाहरुको पैरवी गर्ने काम महासंघले गरेको र चलेका आयोजनाहरुमा ट्रिटमेन्ट प्लान्टको आवश्यकता रहेको औंल्याउनु भएको थियो । कार्यक्रममा पूर्व गाबिस अध्यक्ष तथा नागरिक समाज नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्बर २० का अध्यक्ष पदम बहादुर अर्याल, नेपाल रेडक्रस सोसाईटी मनिकापुर उप–शाखाका सभापति तथा खानेपानी तथा सरसफाई महासंघ नेपालगञ्ज उपमाहानगरपालिका अध्यक्ष नवराज सापकोटा, खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बेदनिधि प्याकुरेल, खानेपानी तथा सरसफाई महासंघ पालिका कमिटि अध्यक्षको तर्फवाट श्रवण धिर के.सी, मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष आशा सार्की, एयरपोर्ट टोल सुधार समितिका अध्यक्ष शिबेन्द्र भण्डारी लगायतले राज्यले मौलिक हकमा ब्यवस्था गरेको निशुल्क स्वच्छ खानेपानी आम नागरिकको नैसर्गीक अधिकारको ग्यारेन्टी गरेको र त्यसतर्फ सरोकारवाला पक्षहरु लाग्नु पर्ने औंल्याउंदै महासंघको स्थापना दिवसको शुभ–कामना ब्यक्त गर्नुभएको थियो । कारकादौं खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव जय बहादुर हितानले सन्चालन गर्नुभएको थियो भने उपभोक्ता देबिलाल बोहराले शुभ–कामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बाँके जिल्लाका खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष, प्रतिनिधि र कारकाँदौ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, सदस्य र उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology