(Saturday 25th of July 2026)
`

सगरमाथा ई. बो सेकेन्डरी स्कूलद्धारा कक्षा ११ का विद्यार्थीलाई ओरेन्टेशन

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगञ्ज — सगरमाथा ई. बो सेकेन्डरी स्कूलमा कक्षा ११ भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै ओरेन्टेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक अध्यक्ष कृष्ण बहादुर जिसीले गर्नुभएको थियो ।
    विद्यालयमा सञ्चालित होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिज जस्ता सीपमूलक र रोजगारमुखी विषयवस्तुलाई केन्द्रमा राखी विद्यार्थीको व्यवहारिक ज्ञानमा वृद्धि गर्ने उद्देश्यले ओरेन्टेशन कार्यक्रम आयोजना गरिएको हो ।
    कोअर्डिनेटर सूर्य वलीले जीवनमा सफलता हासिल गर्न व्यवहारिक शिक्षा अनिवार्य रहेको भन्दै व्यवस्थापन, व्यापार, तथा अतिथि सेवा सम्बन्धी अध्ययनले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले “आफू दियोजस्तै बल्न सक्नुपर्छ” भन्ने सन्देशमार्फत निरन्तर प्रेरणा, ज्ञान र योगदानको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा डा. आस्मा जिसी, इन्जिनियर गिरीराज विसी, शिक्षक विजय विसी, बोध एजुकेशनल कन्सल्टेन्सीका एमडी प्रशन्न विष्ट लगायत अतिथिहरूले विद्यार्थीलाई शिक्षामा लक्ष्य निर्धारण र अनुशासनको महत्वबारे मार्गदर्शन दिनुभयो ।
    विद्यालयका शिक्षकहरू विमल राज श्रेष्ठ, अशोक यादव, गोकुल प्र. अधिकारी, युवराज कोइराला लगायत सम्पूर्ण टिमले कार्यक्रमलाई सफल बनाउन भूमिका खेलेका थिए ।


    विद्यालयले शिक्षालाई व्यवहारिक बनाउँदै विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सत प्रयास गरिरहेको बताइएको छ । अध्यक्ष कृष्ण जिसीले विद्यालयले सधैँ गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै शिक्षामा नविनता र व्यवस्थापन समायोजनको खाँचो औंल्याउनुभयो ।
    यस प्रकारको ओरेन्टेशन कार्यक्रमले विद्यार्थीलाई नयां वातावरणमा आत्मविश्वाससाथ अगाडि बढ्न सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा संस्थापक लक्ष्मी विसी, सह कार्यकारी निर्देशक कोशलराज पाण्डे, सीईओ रोशनी जिसी, प्रधानाध्यापक सीता खड्का, विद्यालय प्रवक्ता साहिल अन्सारी, प्लस टु कोअर्डिनेटर सूर्य वली लगायत विद्यालयका विभिन्न शिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा प्रतिभा प्रदर्शन गरेर कार्यक्रममा उत्साह थपेका थिए । विद्यालयको तर्फबाट सबै नवआगन्तुक विद्यार्थीहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो । कार्यक्रमको संचालन प्रवक्ता साहिल अन्सारीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology