नेपालगञ्ज, – बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघको जिल्ला भेलाबाट शिबेन्द्र भण्डारी पुन दोहोरिनु भएको छ । भेलाले ६ महिना भित्र अधिवेशन गर्ने गरि भण्डारीको अध्यक्षतामा पुरानै कार्यसमितीलाई निरन्तरता दिनेगरि ७ सदस्य कार्यसमिती सर्वसम्मत चएन गरेको हो ।
२०८० साल जेठ २८ गतेको भेलाले चयन गरिएको कार्यसमितीले २०८० फागुन १६ गते बिधिवत रुपमा संघको जिल्ला प्रसाशन कार्यालय बाँकेमा दर्ता गरेर प्रथम चरण कार्यभार पुरा गर्दै आजको मितिदेखि ६ महिना भित्र अधिवेशन सम्पन्न गर्दै बाँके जिल्लाको फोटोग्राफर तथा भिडीयोग्राफरहरुको बर्षौ देखीको सपना साकार गर्ने तर्फ कामहरु भईरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले आजकै भेलामा ३० जनालाई संघको सदस्यताको प्रमाण–पत्र प्रदान गरिएको समेत वताउनुभएको छ ।
महासंघको लुम्विनी प्रदेशको साउन १७ गते दाङ्गको घोराहीमा हुने अधिवेशनमा बाँके जिल्लावाट पनि नेतृत्वमा दावी गर्नसक्ने प्रतिनिधिहरु छनौट भएकोमा नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्यले बधाई दिंदै पुःन गठीत कार्यसमितिलाई स्थापना देखीनै महत्वपूर्ण जिम्मेवारी पुरा गरेकोले बाँकेको फोटोग्राफी तथा भिडीयोग्राफी ब्यवसायीहरुमा उत्साह प्रदान गरेको बताउँदै बाँके जिल्ला भरिका ब्यवसायीहरु सवैलाई संघमा आवद्ध गर्न तर्फ संघले कार्य गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको अधिकारीले बताउनुभयो ।

नेपाल फोटोग्राफर महासंघका केन्द्रिय लेखा आयोगका सदस्य तेज बहादुर के.सी. बिशिष्ठ अतिथि रहेको भेलामा संघका सचिव तेज बहादुर खत्रीले शुभकामना मन्तब्य राख्नुभएको थियो । भेलाले उपाध्यक्ष्यमा योगमायाँ शर्मा के.सी, महासचिवमा भक्त प्रसाद देवकोटा, सचिव तेज बहादुर खत्री, कोषाध्यक्ष गिरिवर लाल बर्मा र सदस्यहरुमा बिशाल घिमीरे, सुदिप धिताललाई चयन गरेको थियो ।
