(Saturday 25th of July 2026)
`

सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक थारुको आग्रह

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    बाँके । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेशिनेको संख्या बढ्दै गएको छ।
    लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक भोदुराम थारुले सकेसम्म वैदेशिक रोजगारमा जानु नपर्ने गरी सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्नुभएको छ। जानै पर्ने अवस्थामा पनि सीपसहित मात्र विदेश जानु उपयुक्त हुने उहाँको भनाइ छ।
    लियानाले नेपालगञ्जमा कार्यालय स्थापना गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै विभिन्न उद्यमशिलता विषयमा तालिम दिने तयारी गरेको जनाएको छ। साउन १ गतेबाट सुरु हुने तालिममा सहभागी हुनेलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सुरक्षित गन्तव्यमा पठाइने पनि लियानाले जनाएको छ। थारुले सीपसहित विदेश जानाले तलब बढी हुने, लागत कम लाग्ने र सुरक्षित वातावरणमा काम गर्ने अवसर पाइने बताउनुभयो। साथै, विदेशबाट फर्किएपछि सोही सीपको उपयोग स्वदेशमा पनि गर्न सकिने उल्लेख गर्नुभयो।


    लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.का अध्यक्ष दीपा खत्रीले पेसागत सीपले विदेश मात्र होइन, स्वदेशमै पनि रोजगारी सिर्जना गर्ने भएकाले सीप सिक्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार काठमाडौंमा एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर र पश्चिम नेपालमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा छन्। सरकारको रोजगारमूलक सीप विकास तालिम कार्यविधि, २०७५ अनुसार अब वैदेशिक रोजगारमा जान सीपयुक्त प्रमाणपत्र अनिवार्य हुने नीति लागू भइसकेको जानकारी पनि दिइएको छ। वैदेशिक रोजगार विभागका अनुसार २०८०/८१ को असार मसान्तसम्म ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। बाँकेबाट मात्रै ६ हजार ६६० जना श्रम स्वीकृति लिएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology