(Wednesday 28th of October 2026)
`

सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तालाई फोहोर पानी खुवाउँदै

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज : खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी खाँदै आएका छन् । घरमा आउने पानी अर्सानिक (फोहोर) आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले विरोध गर्दै आएका छन् । जनतालाई शुद्ध खानेपानी खुवाउने भनि सन्चालन गरेपनि अर्सानिकयुक्त खानेपानी खुवाएको भन्दै स्थानियले विरोध गर्दै आएका छन् । घर घरमा फोहोर पानी आइरहेकोले जनताको स्वास्थमा नराम्रो आसर पर्न सक्ने भएकोले सरकारवलाको ध्यानाकर्षण स्थानियवासीले गर्दै आएपनि वास्ता नगरेको उनिहरुले गुनासो गरेका छन् ।
    खानेपानी जोडेदेखि नियमितता पानी घर घरमा नआएको र आएपनि पानी धमिलो फोहोर आएको खजुरा गाउँपालिका वडा नम्बर २ गुराँसपुर निवासी हस्तकला देवकोटाले बताउनुभयो ।
    त्यसैगरी सोही निवासी यानबहादुर खत्रीले पटक पटक संस्थामा जानकारी गराउँदा पनि कुनै चासो नदिएको उहाँले बताउनुभयो । सोही ठाउँका मनकुमारी महतराले खानेपानी नियमित नआउने र धमिलो आएको बताउनुभयो ।
    सोही गाउँका मिना देबकोटाले खानेपानी उमाल्दा फोहोर निस्केको बताउनुभयो । त्यसैगरी पुनम पुन मगरले खानेपानी जोडेदेखि पानी नै नआएकोले दुःख भएको र यस बारेमा फोन गर्दा पनि चासो नदिएको बताउनुभयो ।
    सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष ऐन बहादुर महतरा
    समिति गठन भएको ०७० सालमा हो । पानी संचालन भएको २ बर्ष भएको छ । खाना योग्य पानी छ तर केही दिनयता भने फोहोर पानी आएको उहाँले स्विकार्नुभयो । अर्सानिकयुक्त पानी धाराबाटै आएको उहाँले जानकारी गराउनुभयो । एक हप्तादेखि धमिलो पानी बोरिङबाटै आएको अध्यक्ष महतराले बताउनुभयो । लगातार चलायो भने सफा आउँछ केही समय बन्द भएको कारण फोहोर पानी आएको उहाँले बताउनुभयो । स्थानियवासीले पनि गुनासो गर्दै आएका छन् उहाँले भन्नुभयो ।
    यस विषयमा खानेपानी डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्याललाई जानकारी गराएको छु उहाँले भन्नुभयो । हेर्न आउने आश्वासन आएको छ तर अझै पनि यस विषयमा चासो नदेखाएको सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष महतराले बताउनुभयो । खानेपानी डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर प्रकाश जंग शाहले भने समितिमा बजेट अभावका कारण अस्वस्थ खानेपानी उपभोक्तालाई वितरण भैरहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology