(Wednesday 28th of October 2026)
`

नेपालगन्ज २१ का वालवालिकाहरुलाई जिवन उपयोगी शिप

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार शाहुले जिवन उपयोगि शिप तालिमले जिवन जिउने कला सिकाएको बताएका छन् ।
    नेपालगन्ज उपमहानगरपालिका २१ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगन्जको आायेजनामा सोमवार सम्पन्न बाल क्लबकालागि जिवन उपयोगी शिप बिषयक तालिममा बोल्दै अध्यक्ष शाहुले यस्तो बताएका हुन् । वडा कार्यालय बाल क्लबको क्षमता अभिबृद्धी र बाल क्लब परिचालनमा सबै तत्पर रहने प्रतिबद्धता गरे । नाइसले सञ्चालन गरेको तालिम प्रभावकारी रहेको बताउदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरे ।
    तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि श्यामवावु गुप्ताले जिवनलाई कसरी सहज र सकारात्मक बनाउने भन्ने कुरा तालिमबाट सिकेको बताए । उनले तालिम अत्यन्तै उपयोगी भएकाले सिकेको कुरालाई ब्यहारमा लागु गर्ने प्रतिबद्धता गरे ।
    यसैगरी तालिमका अर्का सहभागि सावित्री साहुले यस अघि तालिम लिएको भएपनि पहिलो पटक प्रभावकारी तालिम लिन पाउदा खुसी लागेको बताइन् । उनले जिवन उपयोगी शिपका १० तत्वहरुको बारेमा स्पष्टसँग जानकारी भएको भन्दै ब्यवहारिक जिवनमा सिकेको कुरालाई लागु गर्ने प्रतिबद्धता गरे ।
    बाल बालिकाको क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत सञ्चालीत तालिममा जिवन उपयोगी शिपका १० वटा तत्वका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट र शोभा थापा मगरले सहजिकरण गरेका थिए । तालिममा वडा अध्यक्ष राज कुमार साहु, वडा सदस्य निराज अहमद वागवान, अरुण कुमार मिश्र, मैति कुमारी बिक लगायतको उपस्थिती रहेको थियो । तालिममा बाल क्लबका २५ जनाको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology