(Wednesday 28th of October 2026)
`

नृत्य निर्देशक सुवेदी र गायक जिएमको “मायामा भुल’ सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगञ्ज — नेपाली सांगीतिक क्षेत्रमा अर्को मन छुने गीत ‘मायामा भुल’ शनिवार सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी गायक शिव जीएम र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा सजिएको “मायामा भुल” गीतले मायामा परेको मान्छेको मनोविज्ञानलाई कलात्मक रुपमा चित्रण गरेको छ । शनिवार म्युजिक भिडियो युनिटले एक कार्याक्रमका विच मायामा भुल बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मायामा भुल बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष पौडेलले म्युजिक भिडियो क्लिक गरेर गित सार्वजनिक गर्नुभएको हो । गित सार्वजनिक कार्यक्रममा अध्यक्ष पौडेलले गितमा हुने भाव भरपुर रहेको दावी गर्नुभयो । गितले पुरानै भावलाई समेटिएको छ जसले पुराना संस्कृति अझै ज्युदै देखाउन खोजिएको उहाँले बताउनुभयो ।
    गीतको शब्द र संगीत दिपक घर्ती मगरले तयार गरेका हुन् । गायक स्वयं शिव जीएमको प्रस्तुति रहेको यस गीतमा आधुनिक प्रेम कथा बोकेको कथा वस्तु प्रस्तुत गरिएको छ । गीतको संगीत संयोजन केशव बडूले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजकुमार बगरले गरेका हुन् । गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।


    “मायामा भुल’ भन्ने बोलको म्युजिक भिडियोमा नवराज सुवेदीको निर्देशन, कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोलाई रामु चौधरीले क्यामेरामा कैद गर्नुभएको छ । भिडियो सम्पादन र रङ संयोजन राजेश कुमारले गर्नुभएको छ भने भिडियो बैंक स्टुडियोमा सम्पादन सम्पन्न गरिएको हो ।
    भिडियोमा निर्देशक स्वयं नवराज सुवेदी, अलिशा बोहरा, शिव जीएम, र दुर्गा राना मगरको अभिनय देख्न पाइन्छ । दुर्गा राना मगरले सहायक कोरियोग्राफरको भूमिका पनि निर्वाह गर्नुभएको छ । ए.सी. राजबीरले मेकअप कलाकारको रूपमा काम गर्नुभएको छ भने गित सार्वजनिक कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङ, केबी शाही, राकेश गुरुङ, भरत महतो, नेपालगन्ज ग्यालरीका एडमिन तथा नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य समिर श्रेष्ठ, प्रेस युनियन बाँकेका सचिव भिष्म लोध, कुलेन्द्र विक, म्युजिक भिडियोमा आवद्ध कलाकारहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology