(Wednesday 28th of October 2026)
`

अनिल चौधरीको जीवन रक्षाका लागि सहयोगको अपील

  • “अहिले उपचार रोकिएको छ, कारण—पैसाको अभाव“
  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज : समाजसेवा, इमान्दारता र लगनशीलताको पर्याय बनेका अनिल चौधरी आज जीवनमरणको दोसाँधमा हुनुहुन्छ । ढोढरी ७ बर्दिया घर भएका अनिल, आफ्नो कर्मभूमिको रूपमा लामो समयदेखि विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शान्तिबजार शाखामा निष्ठापूर्वक सेवा गर्दै आएका अनिल चौधरी अहिले गम्भीर स्वास्थ्य संकटमा हुनुहुन्छ ।
    २९ वर्षीय अनिलको दुबै मृगौला फेल भइसकेको छ र उहाँ हाल उपचाररत हुनुहुन्छ । तर, दुर्भाग्यवश, आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ ।
    अनिलको पारिवारिक अवस्था सामान्य छ । दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्थामा रहेका अनिलका परिवार अहिले संकटको गहिराइमा डुबिरहेका छन् ।
    अनिलको उपचारका लागि पीडित परिवारले देश तथा विदेशमा रहनुहुने मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि विनम्र अपिल गरेका छन् । तपाईंको सानो सहयोगले पनि अनिलको जीवन बच्न सक्छ । सहयोग गर्न चाहनुहुनेले तलको बैंक QR कोड वा सम्पर्क माध्यमबाट सीधै सहयोग गर्न सक्नुहुन्छ । “हामीले एक जीवन जोगाउन सक्छौं – आजै सहयोग गरौं !” मानवता नै सवैभन्दा ठुलो गुण हो ।
    पीडितको नामः अनिल चौधरी
    उमेर : २९ वर्ष
    स्थान : ढोढरी, बर्दिया
    समस्या : दुबै मृगौला फेल
    संस्था : विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड
    अवस्था : उपचार रोकिएको, आर्थिक अभाव

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology