(Wednesday 28th of October 2026)
`

खजुरा गाँउपालिकाले ल्यायो ८५ करोड ७२ लाखको बजेट

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    खजुरा । खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले आव ०८२/८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । सभामा बजेट प्रस्तुत गर्दै उनले चालु खर्च तर्फ ६८ करोड १२ लाख ५९ हजार ३७१ र पुंजिगत तर्फ २७ करोड ५९ लाख ७२ हजार १९० बिनियोजन गरेकी छन् । बजेटमा विकास खर्चमा ३८ करोड १६ लाख ३१ हजार ५७१ प्रस्ताव गरिएको छ । कार्यक्रममा बजेट वक्तब्य पढ्दै उपाध्यक्ष मल्लले आर्थिक वर्ष २०८१/८२ को आन्तरिक राजश्वको अनुमान रु.३ करोड गरिएकोमा रु. १ करोड ८१ लाख मात्र संकलन भएको जानकारी दिइन् । खजुरा गाउँपालिकाको चालु आ.व.२०८१/८२ मा चालु तर्फ ५७ करोड १७ लाख २५ हजार ९ सय ०९ र पुजीगत तर्फ २० करोड ८३ लाख ६६ हजार ८ सय ४९ पैशा ५७ गरि कुल ७८ करोड ९२ हजार ७ सय ५५ पैशा ५७ कल विनियोजन भएकोमा हाल सम्म ६७ करोड ५२ हजार १ सय ९५ पैशा ६१ रकम प्राप्ती भएको उनले बताइन् । कुल अनुमानको ८५.८९ प्रतिशत प्राप्ती भएको उनले बताइन् । उनले आ.व.२०८१/८२ मा बजेटमा कुल बजेटको ९० प्रतिशत खर्च हुने संसोधन अनुमान गरिएको बताउँदै यस तर्फ गाउँपालिकाको सम्पूर्ण ध्यान केन्द्रित भएको बताइन् । उपाध्यक्ष मल्लले स्रोत साधनको समुचित परिचालन मार्फत खर्चलाइ उपलब्धिमुलक र नतिजामुलक बनाई समावेशी उच्च दिगो र फराकिलो आर्थिक विकास हासिल गर्ने चुनौती पालिका सामु रहेको उल्लेख गरिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology