(Wednesday 28th of October 2026)
`

डिजिटल स्वास्थ्य सेवा आदान प्रदान गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    काठमाडौँ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयोले स्वास्थ्य सेवा आदान प्रदानमा सहकार्य गरेका छन् । अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालले उक्त सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा चिकित्सा उपचार र स्वास्थ्य सेवा साथै विश्व स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हेल्थ याद आयोले नेपालमा डिजिटिल प्लेटफार्म मार्फत विशेषज्ञ परामर्श तथा घरबाटै उपचार खोजी रहेका सर्वासाधारणलाई सहज पहुँचको व्यवस्था गर्दछ ।
    सम्झौता पत्र अनुसार हेल्थ याद आयो मार्फत नेपालमा उपचारको लागि आउने विदेशी व्यक्तिहरुलाई ग्रान्डी अस्पतालमा सर्वसुलभ ढँगबाट उपचार प्रदान गरिने छ । कार्यक्रममा अस्पतालका निर्देशक डा. विजुक्छेले नेपालमा मेडिकल टुरिजम प्रबद्धन गर्न यो सहकार्यले उत्साहा जगाएको बताउनुभयो । नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रबेश गराउन यो सम्झौतापत्र सशक्त प्रयास भएको हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी गराउनु भयो ।
    नेपालमा रहनुभएका आफन्तजनलाई विदेशबाट नै हेल्थ याद आयो मार्फत ग्राण्डी अस्पतालमा ओपिडी, विरामी भर्ना, वेलनेश प्याकेज तथा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।
    हेल्थ याद आयोको एप मार्फत प्रयोगकर्ताले आफूले चाहेको अस्पताल वा चिकित्सक छनोट गर्न सक्ने सुविधा पाउँछन् । टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्र्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पुर्याउने व्यवस्था यसमा उपलब्ध छ । बिरामीको सुविधाका लागि रक्त आपूर्ति तथा एम्बुलेन्स सेवासमेत समावेश गरिएको छ । यो एपले बिरामीको सम्पूर्ण उपचार प्रक्रियालाई एउटै डिजिटल छातामुनि ल्याएको छ, जसले गर्दा अब अस्पताल पुग्नुपूर्व नै धेरै कुरा निश्चित गरी पूर्वतयारीका साथ अगाडि बढ्न सकिन्छ ।
    कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चीफ अपरेटिङ अफिसर कर्णेल अमृत खन्ना, सहायक महाप्रबन्धक अर्चना प्रधान र साथै हेल्थ याद आयोको तर्फबाट प्रबन्ध निर्देशक प्रज्वल चुके, डिजिटल हेल्थ तथा टेलिमेडिसन निर्देशक अनिस ढोडारीको उपस्थिति रहेको थियो ।
    दुई वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए । हेल्थ याद आयो मोवाइल एपका परिकल्पनाकार तथा कम्पनीका प्रबन्ध निर्देशक प्रज्वल चुकेका अनुसार विरामीले उपचारको योजना बनाउन सकून् भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी यसमार्फत् पाउनेछन् । त्यति मात्र होइन, विदेश जाने विरामीका लागि आवास व्यवस्थापन, यात्राको समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।


    ‘देशभित्र होस् या बाहिर जानुपर्ने परिस्थितिमा नै किन नहोस्, हरेक विरामीले हेल्थ याद आयोलाई सम्झन सक्नुहुन्छ । हामी उपचारको प्रक्रियालाई एकदमै सहज र छरितो बनाउन सघाउँछौँ,’ इन्जीनियर चुकेले विश्वास दिलाए ।
    प्रबन्ध निर्देशक प्रज्वल चुके र कार्यकारी अधिकृत विमल बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केवल एउटा एप उपलब्ध गराउनु मात्र होइन, आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन क्षमतावान् र सशक्त बनाउनु पनि हो । ‘हेल्थ याद आयो’ भन्नासाथ अब झन्झट, लाइन, टोकन, फाराम भन्ने सम्झना होइन, सहज, छरितो र विश्वासिलो सेवा प्राप्तिको अनुभूति हुन्छ । स्वास्थ्य सेवा अब केवल सुविधा सम्पन्न महानगरका व्यक्तिका लागि मात्र होइन, प्रविधिमा जोडिएका सबै नागरिकका लागि सहज र सुलभ बनोस् भन्ने लक्ष्य सहित हेल्थ याद आयो अघि बढिरहेको छ ।
    नेपालजस्तो विकट भूगोल भएको मुलुकमा डिजिटल स्वास्थ्य सेवा सरल र प्रभावकारी बनाउने यो प्रयास वास्तवमै उल्लेखनीय छ । रोगको डरभन्दा उपचार प्रक्रिया बढी पीडादायक लाग्ने अवस्थामा हामी बाँचिरहेका छौँ । यस्तो अवस्थामा यो डिजिटल समाधानले नै केवल स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउँछ, साथै नागरिकको आत्मविश्वास पनि बढाउँछ । घरमै विशेषज्ञसँग सल्लाह, परीक्षण र औषधि सेवा उपलब्ध हुनु अब कल्पना होइन, यथार्थ हो ।
    स्वास्थ्यप्रति सचेत नागरिक, सजिलो सेवा र समयको बचत, यी तीन कुरा हेल्थ याद आयोको मूलमन्त्र बन्न पुगेको बरालले बताए । उनका अनुसार हेल्थ याद आयो नेपालको स्वास्थ्य क्षेत्रको वर्तमान समस्यालाई बुझ्दै, भविष्यको समाधानको दिशामा अघि बढेको एउटा डिजिटल रुपान्तरण हो । ‘हेल्थ याद आयो अब केवल विरामीले स्वास्थ्य सेवा लिन प्रयोग हुने एप मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रवेश गराउने एउटा सशक्त प्रयास पनि हो,’ बरालको दृढ विश्वास छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology