(Wednesday 28th of October 2026)
`

बाँकेका १९४ जना पत्रकारले गरे निःशुल्क आँखा जाँच

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगञ्ज, असार १ । बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । औषधि पनि निःशुल्क वितरण गरिएको थियो । चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताउनुभयो । गिरीले आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण र संवदेनशिल अंग भएकाले बेला बेलामा आफ्नो आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्तो परोपकारी काममा सहकार्य गरेर पत्रकारहरुलाई यो अवसर प्रदान गरेको भन्दै गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

    संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गर्नुभयो । स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवीहरु हरिष गुप्ता, शिव कुमार बर्मा लगायतले स्वर्गीय गौरबले संस्थामा गरेको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कामहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार एवम् पत्रकार मधु पौडेलले गर्नुभएको थियो । दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । अधिकांश पत्रकारहरुमा दुर दृष्टिको समस्या देखिएको कनोजियाले बताउनुभयो । गौरबको चार बर्ष अघि आजकै दिन निधन भएको थियो ।

    उहाँको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारहरुलाई सहयोगसंगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताउनुभयो । यसैबीच त्यस अवसरमा गौरब स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको “लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेता नेपालगञ्जकी मोनिका कठायतलाई सम्मान पनि गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष एवम् महासंघ बाँकेका पूर्व अध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, गौरब स्मृति तथा बि। योर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले संयुक्तरुपमा सम्मान गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology