(Wednesday 28th of October 2026)
`

जिल्ला अदालत बाँकेद्धारा काँग्रेस वडा सदस्य रियाजलाई ७ दिन म्याद थप

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज, बाँके — बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाली काँग्रेसका वडा सदस्य रियाज खाँलाई जिल्ला अदालत बाँकेले ७ दिन म्याद थप गरेको छ । जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरि आज अदालतले ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ ।
    नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा नेपाली काँग्रेसका वडा सदस्य समेत रहेनु भएका खाँलाई अदालतले ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको हो ।
    पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकम खोज्न सहयोग आचाना गर्दा सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।
    उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बयान दिनुभएको थियो ।
    पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टोलीले रियाजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि रियाजविरुद्ध जबरजस्ती अभियोग मुद्धा दर्ता भै पक्राउ पुर्जी जारी गरिएको थियो सोही आधारमा रियाजलाई पक्राउ गरि अदालतले ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology