(Wednesday 28th of October 2026)
`

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जको अध्यक्षमा बिष्णु खनाल सर्वसम्मत

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    बैशाख, नेपालगञ्ज, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिको अध्यक्षमा बिष्णु खनाल सर्वसम्मत चयन हुनु भएको छ । नेपालगञ्ज उपमाहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहनु भएको दोस्रो अधिवेशन तथा साधारणसभावाट नौ जनाको कार्यसमिति निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन मण्डलका अनुसार अध्यक्षमा बिष्णु खनाल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र बहादुर जोशी, उपाध्यक्षयमा फणाधर भण्डारी, माहासचिवमा भोजराज तिमिल्सैना र कोषाध्यक्षमा बिनोद अग्रहरी साथै सदस्यहरुमा क्रमश बिजय चौधरी, नरमायाँ घर्ती, प्रेम प्रसाद शर्मा, बाल कुमारी के.सी., बसन्ती पौडेल, चेतना बि.एम., बिर बहादुर हमाल निर्मला रेग्मी र खम्म बहादुर विष्ट निर्वाचित भएको जनाएको छ । उद्घाटन सत्रको कार्यक्रामलाई सम्वोधन गर्ने व्रmममा नगर प्रमुख बिष्टले घरेलु तथा साना उद्योग देशको आर्थीक बिकासको मेरुदण्ड रहेकोमा आफू जानकार रहेको र त्यसको बिकासको लागी आपूmले नगरको तर्फवाट सहयोग गरिराखेको बताउँदै आगामी आर्थीक बर्षमा माहासंघको भवन निर्माणको लागी उपमाहानगरपालिकावाट आउने बजेटमा १० लाख उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

    पहिलो सत्रको कार्यक्रमको अध्यक्षता गर्नुभएको महासंघका अध्यक्ष डिला शाहले अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बिशिष्ठ अतिथिमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा खजुरा गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिकी केन्द्रीय उपाध्यक्ष कृष्णा पाठक ,नेपाल घरेलु तथा साना उद्योग महासघ बाँकेका अध्यक्ष सम्मर बहादुर खत्री लगायतले दोस्रो अधिवेशन तथा साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो । त्यसैगरि नेपालगञ्ज उपमाहानगरपालिकाका महिला उद्यमी संघ नेपालको कालिमियाँ कस्मिराको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष सिता बन्जाडे, उपाध्यक्षमा जानका शर्मा, माहासचिवमा पुष्पा कँडेल, कोषाध्यक्षमा कोमल श्रेष्ठ र सदस्यहरुमा विन्दु जोशी, पार्वती थापा, रुबी बानोलाई सर्वसम्मत निर्वाचन गरेको निर्वाचन मण्डलका अध्यक्ष बिकास आर्चायले जानकारी गराउनुभयो छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology