(Wednesday 28th of October 2026)
`

प्रलेसको १३ औं राष्ट्रिय महाधिवेशन १५ वूँदे घोषणापत्र जारी गर्दै सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    काठमाडौं । प्रगतिशील लेखक संघ नेपालको १३ औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको प्रज्ञासभा हलमा सोमवार र आइतवार सम्पन्न उक्त महाधिवेशनमा नेपालभरिका ७० जिल्ला र सात वटै प्रदेशका ३०० बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रगतिशील लेखक संघ नेपालका सबै वामपन्थी घटकका प्रगतिशील लेखक, साहित्यकार, समीक्षक एवं चिन्तकहरुको साझा संगठन हो । १५ वूँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको उक्त महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ ।
    प्रा.डा. देवी दुवाल क्षेत्रीको अध्यक्षतामा गठित नयाँ केन्द्रीय समितिको उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिवमा झगिन्द्र प्रसाद ढकाल, उपमहासचिवमा वोध कुमार घिमिरे, सचिवमा बाँकेका प्रा.डा. हरि प्रसाद तिमिल्सिना र कुशल बोगटी, कोषाध्यक्षमा कृष्ण सुवेदी, केन्द्रीय सचिवालय सदस्यमा बाँकेकी कल्पना पौडेल जिज्ञासु, केन्द्रीय सदस्य मणि अर्याल (बाँके) केन्द्रीय पार्षद् सदस्यमा बाँकेका लेकप्रसाद प्याकुरेल लगायत ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय केन्द्रीय पार्षद् सदस्य चयन गरेको छ ।
    उक्त राष्ट्रिय महाधिवेशनको पहिलो सत्रमा कार्यक्रमका विशिष्ठ अतिथि प्रगतिशील लेखक संघ नेपालका पूर्व अध्यक्ष, पूर्व परराष्ट्रमन्त्री एवं साहित्यकार प्रदीप ज्ञवालीले वरिष्ठ वामचिन्तक मोहनविक्रम सिंहद्वारा लिखित नेपालकै सर्वाधिक मोटो जलजला उपन्यास सार्वजनिक गरिनुका साथै उक्त कृतिमाथि समीक्षा गर्नुभएको थियो ।
    महाधिवेशन प्रतिनिधि वरिष्ठ पत्रकार पूर्णलाल चुकेले दिनु भएको जानकारी अनुसार प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष डा. मधुसुधन गिरीको अध्यक्षता एवं पूर्व अध्यिक्ष निनु चापागाईंको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. जगत उपाध्याय प्रेक्षित लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


    सम्मेलनको दोस्रो दिन प्रगतिशील लेखक सङ्घ नेपालको साँगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिनुका साथै संघको विधान संशोधनमा दफावार छलफल पश्चात नयाँ कार्यसमिति चयन गरियो ।
    उल्लेखनीय छ, वि.सं. २००९ असोज ५ गते वीरगन्जमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित एउटा भेलाद्वारा श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान लगायत रहेको सो संस्थाको गठन गरिएको थियो र २०४४ पुस १८ गते काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले लेखक रमेश विकलको नेतृत्वमा पहिलो आधिकारिक केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology