(Wednesday 28th of October 2026)
`

कोहलपुरमा ११ का ७५ महिलालाई फ्रिडम किट ब्याग

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नम्बर ११ भोला टोलका ७५ जना महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ । फ्रिडम किट व्याग युकेको सहयोगमा बास नेपालले उक्त सहयोग प्रदान गरेको हो । महिलाहरुलाई महिनावारी स्वच्छदा तथा व्यवस्थापनका लागि फ्रिडम किट ब्याग प्रदान गरिएको हो । कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदी, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, समाजसेवी प्रताप देवकोटा, बास नेपाल फ्रिडम किट व्यागकी कार्यक्रम प्रबन्धक रमिता शाह, शिक्षा अधिकृत मिना घर्ती लगायतले सो सहयोग प्रदान गरेका थिए । बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले सहजिकरण गरेको सहयोग प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदीले महिलाहरुकालागि सबै भन्दा ठुलो समस्याको रुपमा रहेको महिनावारी स्वच्छतताका लागि किट ब्याग अत्यन्तै उपयोगी हुने बताए । बजारमा उपलब्ध सेनेटरी प्याडका कारण विभिन्न प्रकारका संक्रमण हुने भन्दै रियुजेवल प्याड प्रयोग गर्न सबैलाई अनुरोध गरिन् । उनले कोलहपुर नगरपालिकाले आगामी दिनमा रियुजेवल प्याड तयार र प्रयोगमा जोड दिने प्रतिबद्धता गरिन् ।

    बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट ब्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड इन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर ग्रुप पर्स लगायत पेन्टी र साबुन रहन्छन् । बजारमा पाइने सेनेटरी प्याडबाट विभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र वातावरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसारभर वैकल्पिक प्याड प्रयोगको बहस भइरहेको बेला फ्रिडम किट ब्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाइ रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology