(Saturday 25th of July 2026)
`

बेलासपुरमा घरभित्रै पिकअप पस्दा एक बालकको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को बेलासपुरमा पिकअप गाडी दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले बताउनुभयो ।
    उहाँले बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा सिधै घर भित्र उक्त गाडी पस्दा खेलिरहेका दृश्यको घटनास्थलमै निधन भएको जनाउनुभयो । घरको गेट लागेको थियो एक्कासी आवाज आयो दृश्यका बाजेले भन्नुभयो । घर बाहिर आउदा भित्र पिकअप गाडी पसेको थियो ।
    बच्चालाई भित्तामा च्यापेको थियो । ३ जना खेली रहेका थिए एक जना बालक गेट भित्र रहेको स्कुटीमा बसेर खेली रहेका थिए भने दृश्य भने तल बसेर खेलेका थिए । सुचना अधिकारी विकका अनुसार, गेट खुल्लै रहेको घरभित्र अन्धाधुन्ध पसेको गाडीले घरधनी उत्तरबहादुर सिलवाल, उहाँकी छोरी सुमन बुढाथोकीका छोरा दृश्य बुढाथोकी, छोरा सन्जय सिलवाल, नाति सन्जित सिलवाल र नातिनी सृष्टि गौतमलाई ठक्कर दिएको थियो ।
    घटनास्थलमै दृश्यको निधन भएको थियोे भने सन्जयको खुट्टा भाचिएको छ । घाइतेको नर्सिङहोममा उपचार भई रहेको छ । प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
    प्रहरीका अनुसार , घटना घटेको विपरित दिशामा रहेको घरमा बस्ने एक परिवारले कोठा सार्नका लागि उक्त गाडीलाई बहाल दिने गरी बोलाएका थिए । उक्त गाडीका चालकले ब्याक गर्ने क्रममा घरको भित्तामा ठोक्काएका थिए । दिउसै घरभित्र खेलीरहेका बालक पनि असुरक्षित हुदा स्थानिय त्रसित भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology