(Wednesday 28th of October 2026)
`

सगरमाथा ई. बोर्डिङ स्कूलले मनायो २० औं वार्षिकोत्सव

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज, ३ फागुन – सगरमाथा ई. बोर्डिङ्ग स्कूल कारकाँदो नेपालगन्जले २० औं बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम शनिवार भव्यताका साथ मनाएको छ ।
    विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. स्कूल कारकादोले आफ्नो २० औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो ।
    स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता स्कूलका अभिभावक तथा समाजसेवी चुडामणि प्रसाई रहनु भएको थियो । प्रमुख अतिथि प्रसाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
    विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको सहभागि वक्ताहरुले बताएका छन् । विद्यार्थीले हासिल गरेका शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउदै प्रमुख अतिथि प्रसाईले बताउनुभयो । शिक्षा क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यस सगरमाथा ई. बो. स्कूलले हरेक बर्ष एसईई र प्लस टु मा सतप्रतिशत नतिजा ल्याउदै आएको बताउनुभयो । स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षासंगै बाँके बर्दिया कै टप विद्यालयमा पर्ने गरेको उहाँले बताउनुभयो । बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुले नृत्य, गित, गजल, कविता, नाटक, मार्चपास लगायतका विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।


    लामो समय विद्यालयमा योगदान पु¥याएका शिक्षक पिन्टु कादु, र विद्यालयका सहयोगी सिता जिएमलाई सम्मान गरिएको छ ।
    बार्षिक उत्सव समारोह कार्यक्रममा अभिभावक राजेन्द्र कडेल, बाल अधिकारकर्मी साहिल अन्सारी, पत्रकार शिव डोटेल, कमल डाँगी, देवेन्द्र पौडेल, मधु पौडेल, रामु ओली, टार्जन ओली, गणेश विसुलाई मायाको चिनो प्रदान गरिएको थियो । यस्तै एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र–छात्रालाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology