(Saturday 25th of July 2026)
`

मिटअपले उत्प्रेरणा थपेको अलुम्नाईको भनाई

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज । बाँकेको कोलहपुरमा भएको कार्यक्रमका सहभागि अलुम्नाईहरुले मिटअपले उत्प्रेरणा थपेको बताएका छन् । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा सम्पन्न कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदान प्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्धेश्यले बाँकेको कोहलपुरमा अल्मुनाई मिटअप गरिएको हो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज बाँकेको कोहलपुरमा उक्त अलुम्नाई मिटअप गरिएको हो । कार्यक्रममा बोल्दै रुम टु रिडका फिल्ड कार्यक्रम प्रबन्धक दिनेश पाख्रेलले अल्मुनाईहरुको अनुभव सुन्दा रुम टु रिडले लिएको उद्धेश्य परिपूर्ती भएको महसुस भएको बताए । जागरुकताले परिवर्तन ल्याउने भन्दै उनले सबै जागरुक अलुम्नाईहरुलाई सामाजिक विभेद बिरुद्ध अगुवाको रुपमा कार्य गर्न अनुरोध गरे । हरेक बालिकाहरुले आफ्नो निर्णय गर्न आफै सक्षम भएमा सामाजिक विभेद न्यूनीकरण हुनेमा उनको जोड थियो । उनले मिटअपमा सहभागि भई अनुभव आदान प्रदान गर्ने सबै सहभागिलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले अलुम्नाई बालिकाहरु सही र गलत छुट्याउन सक्षम भएकोमा खुसी लागेको बताइन् ।

    बालिका शिक्षा कार्यक्रमसँग जोडिएका बालिकाहरुमा आएको आत्मविश्वास र सफलता सुन्दा उत्साहीत भएको बताईन् । बास नेपालमा सिनियर सामाजिक परिचालक मेघा रानाले सहजिकरण गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने कार्यक्रममा रुम टु रिडले तयार पारेको भिडियो She Create Changes र जिवन उपयोगी शिपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । कार्यक्रमका सहभागि अलुम्नाई यशोदा सुनार, कन्चन थारु, अनुजा गुरुगाई, कमला ओझा, संगिता चौधरी, आशा गिरी, पवित्रा थारु, पुजा भण्डारी, आरती राना मगर, बन्दना गुरुंग, आशिका चन्द लगायतले लगायतले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदान प्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । रुम टु रिडका फिल्ड कार्यक्रम प्रबन्धक दिनेश पाख्रेल, अधिकृत शिबराज आचार्य, निरोज कोईराला, बासका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, परियोजना संयोजक हेमराज भट्ट, लेखा अधिकृत हंस शाही, सिनियर सामाजिक परिचालकहरु मेघा राना, शोभा भण्डारी, जमुना चौधरी, रचना चौधरी र सुस्मिता लामा को उपस्थिती रहेको थियो । कार्यक्रममा ५१ जना अलुम्नाईको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology