नेपालगन्ज : मधुवन औद्योगिक व्यापारिक, कृषि, सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ यही माघ १५ गतेदेखि २५ गतेसम्म हुुने भएको छ । सांस्कृतिक विविधता अनेकतामा एकता मधुवनको पहिचान कृषि, पर्यटन र उद्यमशिलता हाम्रो पहिचान भन्ने मुल नाराका साथ मधुवन औद्योगिक, व्यपारिक, कृषि, सांस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको हो । १० दिनसम्म चल्ने महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको आयोजनामा हुन गैरहेको महोत्सवमा कृषि जन्य बस्तुको विक्रि तथा प्रदर्शनी, पशु तथा पशुजन्य बस्तुको प्रदर्शनी, एक गाउँ एक उत्पादनका उत्पादित बस्तुका प्रदर्शनी, जडिबुटी तथा घरेलु उद्यमशिलताको प्रदर्शनी, कृषि औजारहरुको प्रदर्शनी र कृषि परामर्श तथा माटो परिक्षण सेवा, हस्तकला सामाग्रीको प्रदर्शनी, स्थानिय जातिगत परिकार तथा थारु जातिका परिकार सांस्कृतिक झल्कने थारु गाउँको प्रदर्शनी, राष्ट्रिय कलाकारद्धारा दोहरी गितबाट मनोरञ्जन गराउने, स्थानिय कलाकारको नृत्य प्रतियोगिता, मनोरञ्जका खेलहरुको प्रदर्शनी लगायत विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । महोत्सवमा करिव ६० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

