(Saturday 25th of July 2026)
`

चलचित्र स्वीकार हाउसफुल प्रदर्शन, दर्शकले भने एकदमै दामी छ

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    नेपालगन्ज – नेपाली कथानक चलचित्र स्वीकार फिल्म आज प्रदर्शन भएको छ । बागेश्वरी क्युएफएक्स नेपालगन्जमा स्वीकार चलचित्र च्यारिटी शो प्रदर्शन भएको हो । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको च्यारिटी शो प्रदर्शन भएको छ । चलचित्र हेरेपछि दर्शकले फिल्म भाग २ को माग गरेका छन् । चलचित्र एकदमै दामी बनेको छ नेपालगन्ज १८ कारकादोका सन्ध्या थापाले भन्नुभयो । शिक्षा क्षेत्रमा बढि जोड दिएको चलचित्र अभिभावक र विद्यार्थीले हेर्नै पर्ने कथाबस्तुमा आधारित रहेको उहाँले बताउनुभयो । कथा मन छुने छ सवैलाई मन पर्छ मोहन चन्दले भन्नुभयो । फिल्मले सवैको मन जितेको छ उहाँले भन्नुभयो । फिल्म बाँकेमा मात्र नभई हरेक प्रदेशका विद्यालयमा देखाउन लायक छ । शिक्षा पेशामा आधारित फिल्म भएको हुनाले मार्मिक पनि रहेको छ उहाँले भन्नुभयो । समय समयमा भावुक बनाउछ ।

    नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर समसमायिक जनचेतना मुलक नेपाली कथानक चलचित्र निर्माण भएको फिल्म युनिटले जनाएको छ ।
    चलचित्र पारिवारिक वातावरणमा निर्माण भएको हुनाले सबै परिवारसंगै बसेर हेर्न सकिने र मनोरञ्जन लिन सकिने फिल्ममा डाइरेक्टर सञ्जित रानाले बताउनुभयो । फिल्मले हरेकको मन जितेको छ फिल्म हेरेर प्रतिक्रिया पाए उहाँले भन्नुभयो । फिल्ममा जुनकिसिमको मेहनत छ त्यही किसिमको निर्माण भएको हुनाले सवैले मन पराईदिनुभएको छ उहाँले भन्नुभयो । फिल्मको निर्मातामा कृष्ण जिसी र लक्ष्मी विसी रहनु भएको छ भने निर्देशकको भुमिका चर्चित निर्देशक रञ्जित रानाले गर्नुभएको छ । यस्तै फिल्मको नृत्य निर्देशक तथा मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सुजन सुनार, सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, नैना पुन मगर, लक्ष्मी चौधरी, दिपक थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको फिल्ममा मुख्य भुमिका देख्न सकिन्छ । फिल्मको छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा लक्ष्मी चौधरीले साथ दिनुभएको छ । करिव साढे १ घण्टाको स्वीकार फिल्म बाँकेको विभिन्न रमणिय स्थल बागेश्वरी मन्दिर, वाटरपार्क, रानीतलाउ, राँझा, कोहलपुर, पिपरी, नेपालगन्जको कारकादो, सुनाखरी होटल, बर्दिया र सुदुरपश्चिम प्रदेश जोड्ने कर्णाली पुललगायतका स्थानमा छायाङकन भएको सुटिङ युनिटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology