नेपालगन्ज – हाम्रो सिभिल कृषि सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ । डुडुवा गाउंपालिका वडा नम्बर ५ नानापुर स्थित लायन्स सिद्धिविनायक पार्कमा संस्थाका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षमा सोमवार सम्पन्न गरेको । संस्थाको आथिर्क बर्ष २०८०/८१ अवधिमा शेयर पूंजी रु १५ लाख ५३ हजार ७ सय रहेकोमा आर्थिक बर्ष २०८१/०८२ मा शेयर पूँजी २० लाख ५३ हजार ७ सय पुर्याउने लक्ष्य रहेको अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेका थिए । रेग्मीका अनुसार संस्थाले आर्थिक बर्ष २०८१/०८२ को लागी ७ वटा योजना तय गरेको र सो योजनाहरुमा बचत संकलन र कर्जा लगानी, पशुपंशु पक्षीको दाना बिक्री, बिउँ बिजन तथा मल बिक्री ,हाट बाजार ब्यवस्थापन ,पशुपंक्षी पालन , आधुनिक तरकारी खेती तथा सिंचाई प्रविधिको बिकास रहेको उल्लेख गरेका थिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष आशा खनालद्वारा आय व्यय विवरण प्रस्तुत गरेकी थिईन। जिल्ला बचत संघका सचिब बिष्णु खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा बनभोजको कार्यक्रम समेत रहेको थियो ।
