नेपालगन्ज : चर्चित गायक तथा नेपाल आइडलका विजेता करण परियार र चर्चित गायिका तृप्ती खड्का गुरुङको तिम्रो झझल्को बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर स्वर अनि एकदमै मार्मिक गित हरि उप्रेतीले लेख्नुभएको छ भने तिम्रो झझल्को बोलको म्युजिक भिडियोमा चर्चित मोडल विजय गुरुङ र चर्चित मोडेल नेहा गौतमले अभिनय गरेका छन् । गितको म्युजिक तृप्ती खड्का गुरुङकै रहेको छ भने म्युजिक एरेञ्जमा राजेश श्रेष्ठले साथ दिनुभएको छ । यस्तै गितको मिक्सिङ नरेश पाण्डेले गर्नुभएको भने सारेगम स्टुडियोमा गितको रेकडिङग भएको हो । गितको अडियो भिडियो हरि उप्रेती अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । म्युजिक भिडियोको डाइरेक्सन विजय गुरुङले गर्नुभएको छ । यस्तै ड्रोन क्यामरा प्रकाश खड्काको टिमले गरेका छन भने म्युजिक भिडियोको कोरियोग्राफर राजाराम सिम्खडाले गर्नुभएको छ । भिडियोको इडिट तथा कलर मिलन विश्वकर्माले गर्नुभएको भने मेकअपमा कविता तोलाङगीले साथ दिनुभएको छ ।
