(Wednesday 28th of October 2026)
`

कोहलपुरमा आरम्भ ब्याग हाउस संचालनमा

  • सगरमाथा गन्तब्य
  • 14.3K
    SHARES

    नेपालगन्ज : कोहलपुरको सुर्खेतरोडमा आरम्भ ब्याग हाउस ट्रेड एण्ड सप्लायर्स संचालनमा आएको छ । कोहलपुर नगरपालिकाका उपमेयर संगिता पौडेल सुवेदीले आरम्भ ब्याग हाउसको रिवन काटेर उद्घाटन गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै उपमेयर सुवेदीले महिला उद्यमीले गरेको व्यवसायलाई नगरले प्रोत्साहन गर्दै आएको जानकारी गराउनुभयो । महिला उद्यमीले गरेको व्यवसाय अहिलेसम्म सफल भएको इतिहास रहेको उहाँले बताउनुभयो । हिसावकितावमा पारदर्शिता र सफल उद्यमी बनेको कर्यौ उदाहरण हामीले देख्न सक्ने उपमेयर सुवेदीले बताउनुभयो । विगत ७ बर्षदेखि निरन्तर संचालनमा रहेको आरम्भ व्याग हाउस पहिले एनटिभी रोड अवस्थित थियो भने अहिले नेपालगन्ज कोहलपुर सडकखण्डमा सरेको पसलका संचालक प्रोप्राईटर राजकुमारी शाहीले बताउनुभयो । पसलमा १ सय रुपैयादेखि १० हजार रुपैयासम्म विभिन्न प्रकारका व्यागहरु पाइने प्रोप्राईटर शाहीले जानकारी गराउनुभयो । नेपालगन्ज काठमाण्डौं जस्ता ठुला शहरमा पाइने ब्याग कोहलपुर मै पाउन सकिने उहाँले जानकारी गराउनुभयो । अन्यभन्दा शुपथ मूल्यमा पाइने र जस्तो सुकै व्याग पाउन उपलव्ध हुने उहाँले बताउनुभयो । पसल उद्घाटन कार्यक्रममा उद्योगी व्यवसायी, समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology