(Wednesday 28th of October 2026)
`

सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जले मनायो २० औं बार्षिक उत्सव, ५ जना कर्मचारी सम्मानित

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । वार्षिकोत्सवका अवसरमा देशभरका शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरुको आयोजना गरि बार्षिकउत्सवको अवसरमा केक काटेर बार्षिक उत्सव भव्य रुपमा मनाएको हो । बैंकले आफ्ना विभिन्न शाखाहरुमार्फत मंगलबार विभिन्न कार्यक्रम गरि उत्सव मनाएको छ । उत्सवको अवसरमा नेपालगन्ज शाखा कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेको क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।


    बैंकले बाँके जिल्लामा कार्यरत ५ जना कर्मचारीको सेवा अवधी १५ बर्ष पुरा भएको अवसरमा उनिहरुलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा त्रिभुवन चोक शाखा प्रबन्धक नागेश्वर गुप्ता, खजुरा शाखा प्रबन्धक कैलाश खड्का, नेपालगन्ज शाखा कलस्टर प्रिति श्रेष्ठ, खजुरा शाखा कर्मचारी शिला क्षेत्री र त्रिभुवन चोक शाखा कर्मचारी राधेश्याम गोडिया सम्मानित हुनुभएको हो । सम्मानित कर्मचारीलाई क्षेत्रिय प्रबन्धक खड्काले अवार्ड सहित दोसल्लाले सम्मानित गर्नुभएको थियो । सांग्रिला बैंकले देशभर कै शाखामा केक काटेर मनाएको छ भने विभिन्न शाखाका कर्मचारीलाई सम्मान लगायत बिभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको छ । नेपालगन्ज शाखा कार्यालयले बार्षिक उत्सव मनाउन राष्ट्र बैंक नेपालगन्जका प्रबन्धक देवेन्द्र दाहालले केक काटेर बार्षिक उत्सवको शुभारम्भ गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology