बाँके : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुस ४ गतेदेखि १६ गतेसम्म नेपालगन्ज उप–महानगरपालिका–१८ कारकाँदो स्थित सडक डिभिजन कार्यालय परिसरमा प्रादेशिक महोत्सव लगाउने भएको छ । “उद्योग,ब्यापार कृषि जडिबुटि र पर्यटन,ब्यवसायीक उद्यमशाला तथा कला संस्कृतिको प्रर्वद्धन “भन्ने मुल नाराका साथ महोत्सव लगाउन लागिएको अध्यक्ष टंक बहादुर धामीले सार्बजनिक गरे ।
पश्चिम नेपालमा आर्थिक क्षेत्रको उत्थान,विकास,विस्तार र संरक्षण गर्ने उदेश्य सहित बाँकेमा २०२४ सालमा नेपालगन्ज उद्योग बाणिज्य संघ स्थापना भएको जानकारी दिएका अध्यक्ष धामीले महोत्सवको औचित्य महत्व उदेश्य बारे अवगत गराएको छ । करिव ५ दर्शक लामो अनुभव बोकेको संघ नेपालका “क”बर्गका उद्योग बाणिज्य संघ मध्ये उत्कृष्ट १० मा पर्छ भनेर सुनाउन पाउँदा पनि हामीलाई सधैं गर्वको महसुस हुन्छ ।
पश्चिम नेपालका स्वदेशी उत्पादन,तराई,पहाड र हिमाली क्षेत्रमा उत्पादित खाद्यवस्तु तथा पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्न नेपालगन्ज उद्योग बाणिज्य संघले साढे दुई दशकदेखी ब्यापार तथा औद्योगिक मेला लगाउँदै आएको छ । शुरु शुरुमा ब्यापारमेला,त्यसपछि मध्यपश्चिमान्चल क्षेत्रीय महोत्सव र संघीयतापछि प्रादेशिक महोत्सवका रूपमा आयोजना गर्दै आएको उनले बताए । संघले आयोजना गरेका महोत्सवले उद्योगी ब्यावसायीलाई नयाँ उर्जा र उत्साह दिने,नेपालगन्जको परिचय देश बिदेशमा पुग्ने मात्र होईन, आम जनसमुदायमा समेत ब्यापार ब्यवसाय र विकास निर्माणका सवालमा जागरण ल्याउन महोत्वपुर्ण भुमिका निर्वाह गरेको उनको भनाई रहेको छ ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिको मारमा परेका पश्चिम नेपालका उद्यमी उद्योग र ब्यवसायलाई एउटा थलोमा राखेर आर्थिक समृद्धि सम्बन्धि बिचार विमर्श गर्ने स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन प्रादेशिक महोत्सव आयोजना गरिने आयोजकको भनाई रहेको छ । लुम्बिनी प्रदेशका सम्पुर्ण उद्योगी,ब्यवसायीहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका उद्योगी ब्यवसायीहरुलाई एउटा स्थानमा समेटेर आयोजना गर्न लागिएको महोत्सवबाट औद्योगिक एवं ब्यवसायीक क्षेत्रमा नवीन उर्जा थप्दै आर्थिक क्षेत्रबाट राष्ट्रलाई नै ठुलो योगदान पुग्ने कुरामा संघ बिस्वस्त रहेको औल्याएको छ । नेपाल लगाएत छिमेकी राष्ट्रहरुको उत्पादन ब्यापारिक प्रतीष्ठानहरुका साथै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको तीन सय स्टल रहने छन् । ३ लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ ।
