(Wednesday 28th of October 2026)
`

“नेपालगन्ज रनवे अडिसन सफलतापूर्वक सम्पन्न, प्रतिभाहरूको छनोट”

  • सगरमाथा गन्तब्य
  • 15.9K
    SHARES

    नेपालगन्ज :  “नेपालगन्ज रनवे २०२४ को तेस्रो संस्करणको अडिसन सफलता पुर्वक सम्पन्न भएको छ । ८ जना प्रतिस्प्रधिले आज नेपालगन्जमा प्रत्यक्ष र बाहिर भएकाहरुलाई अनलाइन मार्फत अडिसन लिएको आयोजकले जनाएको छ । नेपालगन्ज रनवे कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उभिन सहयोग पु¥याउँदै आएको ओवन क्रेटिशन प्रिजेन्टका प्रमुख प्रेमा ओलीले जानकारी दिनुभयो । फेसन, कला, र सामाजिक उत्तरदायित्वलाई जोड्दै, यस कार्यक्रमले विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरूलाई एकै मञ्चमा ल्याउने योजना बनाएको छ । अडिसन कार्यक्रममा पत्रकार कृष्ण अधिकारी, मेकअप आर्टिस्ट दिया रोकाय, र नेपालगञ्ज रनवे २०२२ कि विजेता सुप्रिया पुनले प्रतिस्प्रधिहरुको क्षमता र उनिहरुको खुबी बारे निर्णयक भुमिकामा रहेका थिए ।
    कार्यक्रमको अफिसियल मेकअप आर्टिस्टको रूपमा “दिया मेकअप स्टुडियो’ रहेको छ भने “शारदा एजुकेसन पार्क’ एजुकेसन पार्टनरको रूपमा रहेको छ । “नेपालगन्ज रनवे २०२४” ले मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । यस संस्करणले पनि फेसन प्रेमीहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ ।
    कार्यक्रमका अन्य पार्टनरहरूमा “गुन्यो चोलो’ बुटिक पार्टनर, “जस्ट बे क्याजुअल’ फेन्सी ड्रेस पार्टनर, ’रेड चिल्ली लोरा’ हस्पिटालिटि पार्टनर र “नेपालगन्ज स्किन सेन्टर’ स्किन केयर पार्टनरको रूपमा रहेका छन् । सामाजिक उत्तरदायित्वका साथ आयोजना हुने यस कार्यक्रममा “सम्भावना फाउन्डेसन” सोसियल अर्गनाइजेसन पार्टनर रहेको छ भने “शुभारम्भ नेपाल” ट्रेडिशनल वेयर्स पार्टनरको रूपमा रहेको छ ।

    https://www.facebook.com/sagarmathagantabya/videos/551390850613270

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology