(Saturday 25th of July 2026)
`

बर्दियाली सेवा समाजले ग¥यो नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज : बर्दियाली सेवा समाज नेपालगन्ज बाँकेले शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाली सेवा समाज बाँकेको आयोजनामा शनिवार नेपालगन्जको स्वष्टिक कटेजमा बृहत रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ बर्दियामा जन्मथलो भएका तर कर्मथलो बाँके नेपालगन्जमा बनाएका व्यक्तिहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिवार रक्तदान कार्यक्रम गरेका हुन । रक्तदान कार्यक्रमको उदघाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गर्नुभएको थियो ।
    रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । जसमा रक्तदान गर्नेहरु नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, भरत बहादुर रानाभाट, तरुण बज्रचार्य, पवन कुमार थारु, अभिषेक खडका, सितल रिमाल, सुनिल कोइराला, जय बहादुर क्षेत्री, सुनिता भण्डारी, उमेश चौधरी, धनेश्वर यादव, शिव गुप्ता, मिरा चौधरी, देवेन्द्र सिंह, सविर सेन्चुरी, भगतराम थारु, कृष्ण थापा, जिवराज सुवेदी, जयबुढा क्षेत्री लगायत २४ जनाले रक्तदान गरेका हुन् ।


    रक्तदान कार्यक्रमको अध्यक्षता भिम बहादुर रानाभाटले गर्नुभएको थियो भने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, बा“केका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, १५६ पटक रक्तदान गर्नुहुने गोपिनाथ बैश्य, ७६ पटक रक्तदान गर्नुहुने सरिता ज्ञावली, नेपालगन्ज उधोग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ईन्दिरा शाही, मिना कोइराला लगायतका समाजसेवी, उद्योगी व्यवसायी, बुद्धिजिवी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जले गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology