(Saturday 25th of July 2026)
`

बर्दियाको ठाकुराबाबामा बृहत रक्तदान १ सय ५ जनाद्वारा रक्तदान 

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES
    नेपालगञ्ज – (बाँके)  संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १२ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी गरी १५ जना महिला  १ सय ५ जनाले उत्साहका साथ रक्तदान गरेका छन् ।
    ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको संयुक्त आयोजनामा १ सय ५ जनाले रक्तदान गरेका हुन ।
    ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा बाँके जिल्लाका निवासी वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता १ सय १ पटक रक्तदान गरी सकेका पवन जायसवाललाई ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले अबीरका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
     बाँकेका वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता पवन जायसवालले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईलाई रगत संकलन पाकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
    ठाकुरबाबा नगरपालिका वार्ड नं.– १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल (छैठों पटक) , उप–प्रमुख बीना कुमारी भट्टराई (आठौंपटक)  र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले(सातौं पटक) रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो ।
    उक्त रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, ओम बहादुर रानाक्षेत्री, बिकास गुरुङ्ग, जय प्रसाद पौडेल, पे्रम प्रसाद उपाध्याय, शिव प्रसाद पंगेनी, कुमार प्रसाद सापकोटा, रबिन्द्र अर्याल, सर्वराज भारती, अनिल कुमार थारु, पदम बीर थापा, बीरेन्द्र खडका, नवराज रानामगर, गोबिन्द रावत, अनूप कुमार थारु, बिकास केसी, शेर बहादुर डाँगी, राजेन्द्र बस्नेत, नागिरत चौधरी, धिरज रोकाया, जीवन कुमार कडेल, शैलेस खनाल, घनश्याम रिजाल, राजेश थापा, गंगनसारा आचार्य, अन्जना खुनाहा, बामदेव ढकाल, अनुराज थारु, सुनील पोखरेल, सीता कुमार भण्डारी, दिर्घ प्रसाद देवकोटा, सुनील चन्द, धु्रवराज बम, निशा तिमिल्सिना, नवराज ढुंगाना, कृष्णा थारु, हीरालाल थारु, राजेश कुमार यादव, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, बिनय कुमार थारु, कृष्ण शाही भण्डारी, अजय दहित, चिरञ्जिवी चौधरी, सुजन सापकोटा, राजेश्वरी रावत, किशोर कुमार थारु, सुमन सापकोटा, गाणेश थापा, जगदीश शाही, लिलाराम खनाल, भक्त बहादुर थारु, सीता कुमारी थारु, संगीता मगराती, चुडामणि चौधरी, रामा दयाल चौधरी, गोपीराम थारु, प्रेम आचार्य, आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रकाश भण्डारी, पे्रमराज ढुंगाना, जितेन्द्र डंगौरा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रिय सदस्य चन्द्रमणि पौडेल ३८ औं पटक, साबित्री पाण्डे, बाबुराम थारु, सन्यमाया थिङ्ग, गणेश कुँवर, पहरी थारु, रामलाल थारु, दिल बहादुर कुमाल, लाल बहादुर रावत, मनोज खडका, पूर्ण बहादुर चन्द, दिपक महतरा, तर्क भण्डारी, राजा थारु, पूर्ण प्रसाद उपाध्याय, हस्त बहादुर बिक, उपेन्द्र भण्डारी, शर्मिला थारु, राज कुमार कडेल, रबिन कुमार बैद्य, देवेन्द्र जोशी, भिक्खुराम थारु, बिनोद लम्साल, शंकर लम्साल, लक्ष्मण प्रसाद रेग्मी, हरिराम थारु, साधना थारु, भागीमन्त रोकाया, रामदयाल थारु, तेजकुमारी थापाक्षेत्री, जय बहादुर कठायत, राजेश कुमार बजगाईं, घन श्याम लम्साल, श्रीराम थारु, संदेश शाही, अंगानु थारु, दान बहादुर बोहरा, सुन्दरी थारु, कालुराम थारु, ऐनराम थारु, सूर्यमणि भण्डारी, गोपाल थारु लगायत १ सय ५ जनाले रक्तदान गरेका थिए ।
    यसैगरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्यले बर्दिया जिल्लाभरि रक्तदान कार्यक्रम गराउन जग हाल्नु भएको छ उहाँको ठूलो योगदान रहेको छ । जिल्ला सचिव श्यामलाल थारु प्रतिक, ठाकुरबाबा नगर समितिका अध्यक्ष छविलाल लम्साल, ईलाका प्रहरी कार्यालय बगनहाका प्रमुख प्रहरी निरीक्षक उत्तम जिसी, ठाकुरबाबा नगरपालिका, आधारभूत नगर अस्पतालका कर्मचारी, स्वंसेवी रक्तदाताहरुको सक्रिय सहभागिता रहेको थियो ।
       सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका राजेन्द्र महतरा, राम भक्त लम्साल,महेश राना क्षेत्री, केशर सिंह डाँगी र नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख ” उप–शाखा सानोश्रीका राम कुमार वर्माले प्राविधिकमा र अन्यमा ठाकुरबाबा नगरपालिका का स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, साधना थारु, जमुना भण्डारी, मणिकला पाण्डे, आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी लगायतले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।
    रक्तदान कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology