नेपालगन्ज : संविधान दिवसको उपलक्ष्यमा प्याब्सन कोहलपुरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्राथमिक तहको (कक्षा ५ सम्म) का विद्यार्थीहरुका लागि हाजिरी जवाफ प्रतियोगिता कोहलपुरमा सम्पन्न भएको हो । हाजिरी जवाफ प्रतियोगितामा निम्बल एकेडेमी कोहलपुर प्रथम भएको छ । यस्तै दोस्रोमा बृज इण्टरनेशनल कोहलपुर भएको छ । यस्तै तेस्रोमा गोर्खा युनाइटेड कोहलपुर भएको छ भने सान्त्वनामा रामजानकी माबी कोहलपुर भएको छ ।
प्रमुख अतिथि प्याब्सन बाँकेका अध्यक्ष यम रावत रहनुभएको थियोे कार्यक्रम प्याब्सन कोहलपुरका अध्यक्ष गोबिन्द सुवेदीको अध्यक्षतामा १३ बटा बिद्यालयले भाग लिएका थिए ।
