कोहलपुर, : कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जीवन ज्योती स्कुलले आफनो विद्यालय हाताभित्र देखाएको तमाम गल्तिलाई अखिल क्रान्तिकारीले उठान गरेपछि मुद्धा डाईभर्ट गर्न चन्दा मागेको भन्दै आफना केहि बुख्याँचालाई साँचि राख्दै जोमन जेम्स नेतृत्वको जीवन ज्योती स्कुलले पत्रकार सम्मेलन समपन्न गरेको छ ।
पछिल्लो समयमा जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएको भन्दै अखिल क्रान्तिकारीले विद्यालयको हाता भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले दावि गरेको थियो । सोहि दावि सहितको विज्ञप्ति आएपछि यतिवेला जीवन ज्योती स्कुलका जोमन जेम्स र निजका मतियारहरुलाई ठुलो छटपटाहट पैदा भएको खवर प्राप्त भएको छ ।
विद्यार्थी ओसार पसार गर्ने वसमा समेत ईसाइ धर्मको धार्मिक चिन्ह राख्ने विद्यालयले विद्यालय हाता भित्र यसु क्रिष्टका ठुला ठुला फोटाहरु र विद्यालयसंगै गिर्जाघर राख्नुको पछाडि लुकेको रहस्य केलाउदै अखिल क्रान्तिकारीले यस्ता गतिविधि १५ दिन भित्र सच्याउन भन्दै चेतावनी दिएको भोलिपल्ट जिवन ज्योती स्कुलले पत्रकारको सहयोगमा पत्रकार सम्मेलन गरेको हो ।
विद्यालयमा आएर धम्की दिएको भन्दै तीन जनाको नाम पत्रकार सम्मेलनमा सार्वजनिक गरेका जोमन जेम्सले नेकपा माओवादी केन्द्रका नेताहरुसंग आफनो ठुलो हिमचिम रहेको समेत वताए थिए । माओवादीका नेता उषा पुन, कृष्ण केसी नमूना र नरेन्द्र पाण्डे जेम्ससंग आफनो राम्रो कुराकानी हुने गरेको र माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डेले विद्यालयमा नै आएर माफी मागेको दाबी गरे ।
पत्रकार सम्मेलनमा वोल्दै फादर भनिने विद्यालयका प्रिन्सिपल जोमन जेम्सले अखिल क्रान्तिकारीले ५० हजार चन्दा मागेको र उक्त रकम दिन अस्विकार गर्दा आफु अपमानित हुनु परेको भन्दै प्रहरी गुहारेको दावी गरेका छन । यता अखिल क्रान्तिकारीले भने आफना संगठनका नेताहरु विद्यालय हाताभित्र पुग्दा पनि बेवास्ता गरेको ब्यस्त भएको सन्देस पठाउने गरेको र उल्टै अपमानजन्य शब्द प्रयोग गर्दै नेपाली नागरिकहरुलाई एक अनागरिकले होचो हेला गरेको दावि गरेको छ ।
आफुलाई मनपरे आफु आसपासका चम्चाहरुलाई विद्यालयको खर्चमा विभिन्न ठाउँमा घुमाउन लैजाने, महंगा महंगा होटेलमा लिएर खानपिन गराउदा अभिभावको पैंसा खर्च नमान्ने जीवन ज्योतीले आफनो संगठनले सानो सहयोग माग्दा अभिभावकबाट उठेको पैंसा चन्दा दिन नसक्ने कुर्तक हास्यास्पद रहेको रहेको भन्दै अखिल क्रान्तिकारीले आफनो वचाउ गर्न गरिएको पत्रकार सम्मेलनको कुनै तुक र अर्थ नभएको जिकिर गरेको छ ।
हामीलाई चन्दा मागेको भनेर पत्रकार सम्मेलनमा बदनाम गरिएको छ विद्यालयमा धार्मीक प्रचार प्रसारका सम्पूर्ण तस्विर एवंम अन्य रंगरोगन हटाउने कि नहटाउने सो वारे जोमन जेम्स एक शब्द नवोलेको सस्थागत विद्यालय मापदण्ड निर्देशिकालाई कार्यन्वयन गर्न अपिल गरेकोमा सो वारे एक शब्द खर्च नगरेको भन्दै अखिल क्रान्तिकारी आफुहरुले पेश गरेको १५ अल्टिमेटमबाट पछाडि नहटने बताएको छ ।
गैर मानविय असामाजिक एबं गैर न्यायीक क्रियाकलापको हाम्रो अझैं पनि घोर विरोध छ, समाजलाई खण्डित र खलल पुरयाउने धार्मिक गतिविधिहरु, फोटा पोष्टर र प्रिन्टहरु विद्यालय हाताभित्र स्वभनिय छैनन जीवन ज्योतीले संस्थागत विद्यालयहरुको मापदण्डभित्र रहेर क्रियाकलाप गर्नैपर्छ हामी ब्याक हुनेवाला छैनौ अखिल क्रान्तिकारीका महेश बस्नेतले भने ।
अखिल क्रान्तिकारीले विदेशबाट जीवन ज्योती विद्यालयका संरक्षकहरुवाट बार्षिक १८ करोड रुपैया विद्यालयलाई आउने गरेको र उक्त रकम कुन प्रयोजनमा खर्च हुने गरेको छ पब्लिक अडिट हुनुपर्ने, गरिवका वालवालिका अध्ययन गर्न भन्दै स्थापना गरेको विद्यालयमा कुन लेभलका गरिवका वालवालिकाहरु अध्यन गरिरहेको र छात्राबृत्ती कस्ता विद्यार्थीहरुले पाईरहेका छन सो कुरा समेत सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ ।
पत्रकार सम्मेलनमार्फत आफनो संगठनको वदनाम गर्दै जोमन जेम्सले आफना काला कर्तुतहरुको वचाउ गरेको दावि गरेको छ । बिभिन्न राजनैतिक दलका ब्यक्तिहरु चिनेको भन्दै जोमन जेम्सले मलाई अपहरण गर्नसक्ने सम्मको धम्कि दिएको छ भन्दै अखिल क्रान्तिकारीका नेता महेश वस्नेतले आफनो जीउ ज्यान तलमाथी भए जोमन जेम्सले जिम्मा लिनुपर्ने समेत वताएका छन ।
एद्यपी जोमन जेम्सका तमाम गल्ति हुँदा पनि किन पछि लाग्छन यी बुख्याँचाहरु समयक्रमले वताउने नै छ । एकदिन जोमन जेम्स त यहाँबाट लखेटिनेछन जसरी गोरखावाट सचेत नागरिकले लखेटेका थिए उनका मतियार र बुख्याँचाहरु पनि साथ साथै लखेटिएमा त्यसलाई अन्यथा मानिहाल्नु पर्ने छैन वस्नेत भन्छन ।
पटक पटक विवाद आईरहने जोमन जेम्स केहि ब्यक्तिहरुलाई अघिपछि लगाएर आफनो अभिष्ट पुरा गर्दै आएको छन । यहाँ विद्यालयलाई भन्दा पनि विद्यालयको पात्रको दादागिरीलाई चित्रण गरिएको वारे दुविधा र सन्देह नलिन अनुरोध गर्दछ ।
स्मरण रहोस निज जोमन जेम्सले २०६३ सालमा नागरिकता टोलिलाई झुक्काएर किर्ते तरिका अपनाउदै ६६३०१३ ÷४१ नम्वरको नेपाली नागरिकता लिन समेत पछि परेका थिएनन । कोहलपुर ६ को स्थाई नक्कली वासिन्दा बनेर उनले बाबु एमो जेम्स, बाजे थोमन जेम्स उल्लेख गरि कोहलपुर ६ का वालकिसुन थारु, जलारु थारु र अन्य एक जनालाई साँक्षिराखि सन्तवीर सुनारको टोलिलाई जिल्लपार्दै नागरिकता हात पारेका थिए ।
किर्ते नागरिकता काण्डमा मुद्दा परेपछि अदालतबाट ४ लाख धरौटीमा छुटेका गरै नागरिक जोमन जेम्सको रवाफ भने कुनै कमि छैन । धरौटिमा छुटेर आउने भएपछि कोहलपुरका मै हु भन्ने नेताहरुसहितको दलवल उनलाई स्वागत गर्न काठमाण्डौ पुगेको थियो । यसरी विद्यालयको नाममा साथ र सहयोग दिने बुख्याँचाहरु अहिले पनि चोक चौराहमा चौडा छाति गरेर हिडिरहेका देखिन्छन यीनीहरुलाई हिनताबोध भने पटक्कै छैन जानकारहरुका अनुसार आर्थिक लाभ लिन पल्केको यी बुख्याँचाहरु संधै झर्ला र खाउला भन्ने धाउन्नमा रहने गरेका छन ।
