(Saturday 25th of July 2026)
`

चलचित्र स्वीकारको पोष्टर सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    नेपालगन्ज – नेपाली कथानक चलचित्र स्वीकारको पोष्टर सार्वजनिक भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको पोष्टर सार्वजनिक भएको हो । छायाङकन सकिए लगत्तै भ्वाईस डबिङ, ईडिट र कलरको काम धमाधम भैरहेको हुनाले अबको केही दिनमा छिट्टै प्रदर्शन हुने फिल्म युनिटले जनाएको छ । शुक्रवार फिल्म युनिटले आफ्नो पोष्टर सार्वजनिक गर्दै प्रदर्शनको तयारीमा चाँदै आउने जानकारी गराएको छ । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर समसमायिक जनचेतना मुलक नेपाली कथानक चलचित्र निर्माण गर्न लागिएको फिल्म युनिटले जनाएको छ । नेपालगन्जको सेरोफेरोमै छायाङकन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता हासिल गर्ने लक्ष्य रहेको फिल्म युनिटले जनाएको छ ।
    चलचित्र पारिवारिक वातावरणमा निर्माण भएको हुनाले सबै परिवारसंगै बसेर हेर्न सकिने र मनोरञ्जन लिन सकिने फिल्म युनिटले अपेक्षा गरेको छ । फिल्मको निर्मातामा कृष्ण जिसी र लक्ष्मी विसी रहनु भएको छ भने निर्देशकको भुमिका चर्चित निर्देशक रञ्जित रानाले गर्नुभएको छ । यस्तै फिल्मको नृत्य निर्देशक तथा मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सुजन सुनार, सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, नैना पुन मगर, लक्ष्मी चौधरी, दिपक थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको फिल्ममा मुख्य भुमिका देख्न सकिने फिल्मका निर्माता कृष्ण जिसीले जानकारी गराउनुभएको छ ।
    फिल्मको छायाङकन रामु चौधरीले गरिरहनु भएको छ भने मेकअपमा लक्ष्मी चौधरीले साथ दिनुभएको छ । करिव २ घण्टाको स्वीकार फिल्म बाँकेको विभिन्न रमणिय स्थल बागेश्वरी मन्दिर, राँझा, कोहलपुर, पिपरी, नेपालगन्जको कारकादो, सुनाखरी होटल र बर्दिया र सुदुरपश्चिम प्रदेश जोड्ने कर्णाली पुललगायतका स्थानमा छायाङकन भएको सुटिङ युनिटले जनाएको छ । असार १३ गतेदेखि छायाङकन सुरु भएको फिल्मको छायाङकन प्रदर्शनको तयारीमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology