नेपालगन्ज : बाँकेको नेपालगन्जमा जोङ्ग नेपालगञ्ज क्यासिनोद्वारा “रक्तदान जीवनदान” मूल नाराका साथ दोस्रो पटक आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५६ जनाले मंगलवार रक्तदान गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ छकुन्ने चौक स्थित माजोङ्ग नेपालगञ्ज क्यासिनो ब्यान्क्वेट हल सोल्टी होटल नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर तथा प्रमुख अतिथि प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलित गरी र रगत संकलन गर्नु पाकेट प्रमुख अतिथि प्रशान्त बिष्ट र माजोङ्ग नेपालगञ्ज क्यासिनोका महाप्रबन्धक (जिएम) नीरज कुमार प्रधानले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै प्रमुख अतिथि प्रशान्त बिष्टले यो मानवीय कार्य हो, जुन अरुको जीवनलाई बचाउछ, रक्तदान जस्तो अरु कुनै ठूलो दान छैन । नेपालगञ्ज बाहेक बाँके जिल्लाका विभिन्न अस्पतालहरुमा विभिन्न जिल्लाबाट उपचार गराउन आएका बिरामीलाई रगतको अभाव नहोस भन्ने उद्देश्यले माजोङ्ग क्यासिनोले रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्व प्रकट गरेको छ भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो । बाँके जिल्लाका विभिन्न २४ वटा अस्पतालहरुमा विभिन्न जिल्लाबाट उपचारका लागी आएका बिरामीहरुलाई दैनिक १ सय पिन्ट रगतको माँग हुने गर्दछ । आफूहरुले यो सानो प्रयास गरिएको माजोङ्ग क्यासिनोका महाप्रबन्धक नीरजकुमार प्रधानले जानकारी दिनुभएको छ ।
क्यासिनोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आई रहेको छ । त्यस मध्येमा रक्तदान कार्यक्रम रहेको छ । गत वर्ष पनि माजोङ्ग नेपालगञ्ज क्यासिनोद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो यो दोस्रो पटक आयोजना गरी झन टेवा पुराएको छ । उहाँले नेपालगञ्ज उप–महानगरपालिकाको सौन्दर्यकरणमा समेत सहभागिता जनाउनका लागी माजोङ्ग नेपालगञ्ज क्यासिनो परिवारलाई आग्रह समेत गरेका छन् ।
माजोङ्ग नेपालगञ्ज क्यासिनोका सिनियर सिफ्ट म्यानेजर सुरेश बिष्टका अनुसार आयोजित रक्तदान कार्यक्रममा बसन्तराज रेग्मी, राजनागेश्वर लाल लाखे श्रेष्ठ, सुमन भण्डारी, अंकित आलेमगर, बीरेन्द्र प्रसाद तिवारी, दिनेश लोचन, हरिश बिष्ट, संगीता पुन, समीर बिक, मीना खत्री, अर्जुन केसी, सावित्री पुन, मिमिका थापा, याम बहादुर पुन, संगीता थापा, बसन्त जोशी, बिश्वराज अधिकारी, सरला कडेल, निखिल कुवँर, नारायण बहादुर सुवेदी(अमन), सरिता खनाल, सुरेश गोडिया, सुवोध सिंह, सुहाना थापा, सन्ध्या गिरी, सुदिक्षा ठगुन्ना, लालसरी परियार, प्रकाश मल्ल, मदन गुरुङ्ग, तारा बहादुर राना, सुनील शाही, लक्ष्मी बुढा, पूजा गुभाजु, चित्र बहादुर बिक, प्रवीण घर्तीमगर, झलक शाही, दिल कुमारी शाही, रोहित बिक, सन्तोष मल्ल, आयुष श्रेष्ठ, राम खडका, छपेन्द्र बिष्ट, सञ्जिता श्रेष्ठ, अर्जुन चौधरी, ईश्वरी घिमिरे, संगीता चौधरी, हेमराज खडका, मुना चन्द, दिनेश खडका, उषा शाही, राम बहादुर केसी, सन्जोग श्रेष्ठ, बिशाल गुरुङ्ग, हरिाम पन्त लगायत ५६ जनाले रक्रदान गरेका छन् ।
उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, सुनिल रत्गैया, गुञ्जा कनौजिया, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिका सदस्य बसन्त कुमार कनौजिया, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, क्यासिनोका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
