(Wednesday 28th of October 2026)
`

सुनचाँदीसहित चार पक्राउ

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो ।
    घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले भन्नुभयो, ‘नेपालगन्ज उप–महानगरपालिका ११ बी.पी. चोक आसपासमा सोमबार अवैध सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गरगहना सहित पक्राउ गरेको हो ।’
    प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ का नेपाली थारुले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नं. को कारमा रहेका राजापुर ४ का निम प्रकाश सुनारको साथबाट सुन जस्तो देखिने ६७ ग्राम तौल रहेको धातुको टुक्राहरू बरामद गरेको हो । यसैगरी बाँके नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ का राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायलहरू तथा तार समेत बरामद गरेको जनाएको छ ।
    अनुसन्धानको क्रममा नेपालगन्ज २ स्थित मा रहेको महेश मुराउले सञ्चालन गरेको पशुपति सुन चाँदी रिफाईन कारखानामा खोजतलास गर्ने क्रममा उक्त कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १०.४४१ ग्राम तौल रहेको धातु बरामद भएको हो ।
    सो क्रममा कारखानामा रहेका बाँके राप्तीसोनारी गाउँपालिका ४ का ओम जग चौधरीलाई नियन्त्रणमा लिई दुवै स्थानबाट बरामद भएका सुन चाँदी, सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology