(Saturday 25th of July 2026)
`

दशौं राष्ट्रिय खेलकुद समयमै हुन्छ – खेलकुद मन्त्री चौधरी

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेद्वारा बुधवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
    मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताउनुभयो ।
    पत्रकारहरूको एक प्रश्नको जवाफ दिदै मन्त्री मन्त्री चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताउदै मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको बताउनुभयो । सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किनु भएका मन्त्री चौधरीले प्रतियोगितामा ३६ खेलहरु खेलाइने भएपनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगञ्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न आफू नेपालगञ्ज आएको बताउनुभयो । बाँकेमा यसअघि राष्ट्रिय खेलकुद भैसकेको हुनाले यहाँ संरचना तयार रहेका छन र यसलाई अलिकति मर्मत गरेर धेरै खेल बाँकेमा खेलाउन सकिने उहाँले बताउनुभयो । खेलाडीहरुको मर्म बुझेर हामी अगाडी बढिरहेका छौं मन्त्री चौधरीले भन्नुभयो । अव खेलाडीहरुले प्रतियोगितामा भाग लिन जाँदा कुनै पनि समस्या नहुने गरि प्रतियोगिता आयोजना गरिने छ उहाँले भन्नुभयो ।
    पत्रकार सम्मेलन नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रमको संचालन सचिव भिष्मा लोधले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको पनि उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology