कोहलपुर , (बाँके), ४ भदौ ः बाँर्केमा एक वर्षमा २२४ सवारी साधनहरु दुर्घटना भएको तथ्यांक रहेको छ । कर्णाली प्रदेश , तथा सुदुर पश्चिम प्रदेशको आवतजावत गर्ने मुख्य रुट रहेको लुम्बिनी प्रदेशको बाँके जिल्लामा वर्षमा ३१ हजार भन्दा बढी सवारी साधन नियमविपरित चलाएको भन्दै जरिवाना गरिएको छ ।
२ करोड ४४ लाख २७ हजार रुपैयाँ नियम विपरित सवारी साधन चलाएको भन्दै टा«फिक प्रहरीले राजश्व संकलन गरेको छ । सवारी साधन दुर्घटना हुँदा १०८ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । १०४ जना सवारी दुर्घटनामा परि सामान्य घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ । १२ वटा चौपायलाई सवारीसाधनले ठक्कर दिदा मृत्यु भएको रेर्कडमा उल्लेख छ । सबै भन्दा बढी पुस महिनामा सवारीसाधनहरु दुर्घटना भएको पाइएको छ । सवारी दुर्घनामा महिला भन्दा पुरुषहरुको संख्य बढी रहेको छ । वर्षमा ४८ जना पुरुष र महिलाहरुको संख्या १६ रहेको प्रहरीको तथ्यांकले बताएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि बाँके जिल्ला भरीमा २ हजार ४७८ पटक कार्यक्रम गरि १२ लाख ९१ हजार १४८ जना सहभागी रहेको प्रहरीले बताएको छ ।
१ हजार ९२० जनाले मदिराजन्य बस्तुहरु प्रयोग गरेको भन्दै कारबाही गर्दा १९ लाख २० हजार रुपैयाँ राजश्व उठेको छ । ११० टिसिए कारबाही गर्दा रु १ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरीको भनाई रहेको छ । २ करोड ६३ लाख ४७ हजार रुपैयाँ बिभिन्न शीर्षकमा राजश्व संकलन गरिएको छ । सबै विवरण हेर्दा राजश्व संकलन वृद्धि हुनु र सवारीसाधन चालकहरुले जथाभावी सवारी चलाउदा भएको समस्य डर लाग्दो रहेको सरोकारवाला निकायहरु बताउँछन् ।
नियम संगत सवारी नचलाउदा धेरैको ज्यान समेत गएको पाइएको छ । एउटा जिल्लामा मात्र यत्ति धेरै ठुलो मात्रामा नियम विपरित काम गर्ने माथी कारबाही हुन्छ भने , देशका ठुला सहरको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । भारी मात्रामा लापरबाही गर्ने , नियम विपरित यात्रा गर्दा हिरो (सान) देखाउने परिपार्टीले गर्दा धेरै मानिसको अकालमै ज्यान गएको ट्राफिक प्रहरीको बुझाई रहेको छ ।
