(Saturday 25th of July 2026)
`

आरम्भ चौतारी लघुबित्तद्धारा कम्दीमा रक्तदान

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES
    नेपालगन्ज – बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.–४ मिलन चौक कम्दीमा रहेको आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३५ जनाले रक्तदान गरेका छन् ।
    “आरम्भ चौतारीको अभियान, एकैसाथ देशव्यापी रक्तदान” भन्ने मूलनाराका साथ प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१० का वडा सदस्य भरतद्वज शाही, बिशिष्ट अतिथि आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख अमरनाथ सेडाईले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल पुलामीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
    रक्तदान कार्यक्रममा लोकेन्द्रराज चमारा, यमराज बिसी, सन्ध्या बिसी, श्याम कुमार चौधरी, हेमराज यादव, राधा पुन, बिक्रम थारु, सौगात धिताल, कल्पना अधिकारी, सुनिल कुमार वर्मा, प्रज्वल खडका, अजय यादव, रामलाल थारु, दिनेश यादव, सुदिशना शाह मल्ल, सुस्मिता चन्द, दिनेश दर्जी, सौरभ श्रेष्ठ, अरुण वर्मा, लक्ष्मी वर्मा, इस्लाम अली साई, गीता ढुंगाना, तिलना पछाई, महेश कुमार बैश्य, अजय कुमार कुर्मी, लगायत ३५ जना महिला पुरुषले रक्तदान गरेका छन् भने कार्यक्रममा  सम्झना चौक शाखाका प्रबन्धक कल्पना अधिकारी, गुडिया शाखा प्रबन्धक उत्तम गौतम, सानोश्री शाखाका प्रबन्धक तिलन कुमारी पछाई, कोहलपुर शाखाका प्रबन्धक सुदिशना शाह मल्ल कर्मचारी लगायत ६५जनाको उपस्थित रहेको आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय मिलन चौकका प्रबन्धक रमेश बिकले बताएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवद्र्धन सिंह सम्झना र उप–निर्देशक दोलख बहादुर डाँगी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, राजेन्द्र महतरा, सनिल पुलामी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology